कांग्रेसको समानुपातिकमा तिन डाक्टर र एक स्वास्थ्य व्यवसायी


काठमाडौं – नेपाली कांग्रेस ले निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा तिन चिकित्सक र एक जना स्वास्थ्य व्यवसायी को नाम समेत राखिएको छ ।

बन्द सुचीमा स्वास्थ्य सेवामा लामो समय काम गरेर सेवानिवृत डा . केदार नरसिह केसी, पुर्व राष्ट्रपति डा. रामवरण यादव का छोरा डा.चन्द्रमोहन यादव र नेपालगंज मेडिकल कलेज का सञ्चालक डा . सुरेश कुमार कनौडिया को नाम छ । यस्तै गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्याललाई पनि कांग्रेसले समानुपातिकको बन्दसूचीमा राखेको छ ।

समानुपातिक तर्फको ११० सिटका लागि कांग्रेसले आयोगमा बुझाएको सूचीमा डा यादव ६ नम्बरमा, डा केसी ५२औं नम्बरमा, डा कनोडिया ८८ औं नम्बरमा र स्वास्थ्य व्यवसायी अर्याल ५७ औं नम्बरमा छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!