डेगुले २७ को मृत्यु / कुल संक्रमणको ५९.२५ % उपत्यकामा /झण्डै २१ हजार भन्दा बढी संक्रमित


काठमाडौं – मुलुकमा डेंगु संक्रमणबाट २७ जना को मृत्यु भएको भने देशभरि देखिएको कुल संक्रमणको ५९. २५ प्रतिशत उपत्यकामा देखिएको छ ।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी )का अनुसार गत साउनदेखि हालसम्म देशभरीमा २७ जनाले डेंगु संक्रमणवाट ज्यान गुमाएका छन ।

यस्तै हाल सम्म २१ हजार ३ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।  पछिल्लो २३ दिनमा नै देशभरीमा १६ हजार ७ सय ५९ संक्रमण देखिएको हो ।

‘हाल सम्म डेंगुले धेरैजसो मृत्यु काठमाडौंकै अस्पतालमा भएको छ,’ इडीसिडीका किट जन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दहालले नेपालहेल्थप्रेससंग भने – ‘डेंगुले को संक्रमण पछिल्लो दिनमा बढ्दो छ ।’

सातै प्रदेशको ७६ जिल्लामा डेंगु देखि सकिएको छ । वागमती प्रदेशमा सबै भन्दा बढ़ी १६ हजार २ सय ३६ जनामा डेंगु संक्रमण देखिएको छ। लुम्बिनीमा २ हजार ७ सय ४७, सुदूरपश्चिममा ७ सय ५८, प्रदेश १ मा ५ सय ८५ , गण्डकीमा ४ सय ९६, मधेशमा ३ सय ५, कर्णालीमा २ सय २९ जनामा संक्रमण देखिएको छ।

दिउसो टोक्ने लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक १८ वर्ष अघि २०६१ सालमा देखिएको थियो । यस पछि मुलुक को विभिन्न भागमा वर्षेनी संक्रमण देखि राखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!