सात व्यक्तिलाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’


काठमाडौँ – यस वर्षको स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार डा. तारासिंह बम, रामप्रसाद न्यौपाने, कल्पना आचार्य, बुद्धि कटेल, पुष्प राज चौलागाई, रूद्र कडरिया र  लक्ष्मीनारायण देवलाई प्रदान गरिएको छ।

शनिबार विश्व धूम्रपान रहित दिवसको अवसरमा टेकुमा आयोजित विशेष समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उनीहरूलाई जनस्वास्थ्यमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रत्येकलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।

कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।

पुरस्कार प्राप्त गर्नेहरूमा डा. बम (भाइटल स्ट्राटेजी दक्षिणपूर्वी एसियाका निर्देशक), न्यौपाने (नेपाली हेल्थ डट कमका सम्पादक), आचार्य (हेल्थ टिभी अनलाइनकी सम्पादक), कटेल (मेडिकल पत्रका सम्पादक), चौलागाई (अनलाइन खबरका पत्रकार), कडरिया (क्यान्सर काउन्सिल नेपाल) र देव (वरिष्ठ जनस्वास्थ्यकर्मी) रहेका छन्।

उनीहरूलाई सुर्तीजन्य पदार्थको आयात, उत्पादन, वितरण तथा सेवन नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको भन्दै पुरस्कार दिइएको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!