स्वास्थ्य बीमा : बीमितका लागि फरक पोलिसी, सुविधा थैलीमा क्रमश: वृद्धि


काठमाडौं – आगामी आर्थिक वर्षको बजेट मार्फत सरकार स्वास्थ्य बीमा प्रणालीलाई रूपान्तरणमा लैजाँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिने घोषणा गरेका छन्।

अब बीमित नागरिकलाई आवश्यकता अनुसार फरक–फरक बीमा पोलिसी छनोट गर्ने सुविधा उपलब्ध हुनेछ। साथै, हाल ५ सदस्यीय परिवारका लागि एक लाख रुपैयाँको बीमा सुविधा थैली क्रमशः बढाइनेछ।

बीमा दुरुपयोग रोक्न सरकारले दोहोरो दर्ता हटाउने र चुहावट नियन्त्रण गर्न प्रशासनिक सुधार गर्ने योजना बनाएको छ। जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, अति विपन्न र अपसंख्यक समुदायलाई दिइँदै आएको बीमा सुविधा यथावत् राखिनेछ।

यसपालि स्वास्थ्य बीमा कार्यक्रममा १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो। यद्यपि, हाल बीमा बोर्डले सेवा प्रदायकहरुलाई १६ अर्ब भन्दा बढी भुक्तानी तिर्न बाँकी छ। त्यो रकम तेस्रो पक्षबाट समायोजन गरिने बताइएको छ। स्वास्थ्य बीमामा सुधारले जनताका लागि पहुँच योग्य र उत्तरदायी सेवा प्रवाह हुने अपेक्षा गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!