अस्पतालमा बिरामीको औँठा सहित चारवटा औँला मुसाले काटकुट गरे


नयाँ दिल्ली (ब्युरो) – भारतको बिहार राज्यको पटना स्थित नालन्दा मेडिकल कलेज तथा अस्पताल (एनएमसीएच) अहिले उपचार सेवाको कारण भन्दा पनि मुसाको आतंकका कारण चर्चामा रहेको छ।

मधुमेह पीडित एक बिरामी आफ्नो गोलीगाँठोको जोर्नी ठिक गराउन उक्त अस्पतालमा भर्ना भएका थिए। बुधबार चिकित्सकहरूले शल्यक्रिया सम्पन्न गरे पनि बिहीबार राति ती बिरामीको एक मात्र बाँकी खुट्टाको औँठा सहित चारवटा औँला मुसाले काटकुट गरेका छन्।

डायबिटिक न्यूरोप्याथीका कारण बिरामीलाई राति केही थाहा भएन। बिहान आफन्तहरू हेर्न आउँदा मात्र घटनाबारे थाहा पाए। उल्लेखनीय कुरा के छ भने ती बिरामीको अर्को खुट्टा लगभग १० वर्षअघि नै काटिएको थियो।

यस अघि, सन् २०२४ नोभेम्बर १६ मा नालन्दाबाट रिफर भएर आएका अर्का एक युवकको मृत्यु पछि राता रात एउटा आँखा हराएको थियो। प्रारम्भमा मृतकका आफन्तहरूले आँखा निकालिएको आरोप लगाए पनि पछि अनुसन्धानबाट मुसाले निकालिएको खुलासा भएको थियो।

यसरी अस्पताल भित्रै मुसाको बढ्दो आतंक बिरामीहरू को सुरक्षा माथि गम्भीर प्रश्न उठाइरहेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!