गम्भीर दीर्घरोगीका लागि प्रशामक सेवा अर्थात् प्यालिएटिभ केयर रणनीति स्वीकृत


काठमाडौं – जीवनको अन्तिम चरणमा पुगेका जटिल दीर्घरोगीको स्याहार र उपचारलाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयले ‘नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५–२०३५’ स्वीकृत गरेको छ।

प्रशामक सेवा (Palliative Care) भनेको रोग निको पार्ने उपचार सम्भव नभएका अवस्थाका बिरामीलाई दुखाइ कम गर्ने, जीवनको गुणस्तर सुधार गर्ने र शारीरिक, मानसिक तथा सामाजिक सान्त्वना प्रदान गर्ने सेवा हो।

यो सेवा दीर्घकालीन गम्भीर रोग भएका व्यक्तिहरू जस्तै – जस्तै क्यान्सर, हृदयघात, मृगौला रोग, फोक्सो समस्या, अल्जाइमर्स, पार्किन्सन्स आदिमा आवश्यक पर्छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्वारा स्वीकृत उक्त रणनीतिले यस्ता बिरामीको स्याहारका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई सक्षम बनाउने योजना अघि सारेको छ।

हाल नेपालमा क्यान्सर रोगीहरूलाई सीमित रुपमा प्रशामक सेवा दिइए पनि अन्य रोगी तथा तिनका परिवारका लागि यो सेवा पर्याप्त छैन। रणनीतिले यस्ता जटिल अवस्थाका बिरामी तथा परिवारजन लाई सेवा दिनुपर्ने आवश्यकता औंल्याएको छ।

रणनीति अन्तर्गत देशभरका स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति निर्माण, सीप अभिवृद्धि र सेवा स्तरीकरण गर्ने लक्ष्य राखिएको छ । साथै, आवश्यक औषधि तथा गुणस्तरीय सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, रणनीति कार्यान्वयनमा आएपछि जीवनको अन्तिम चरणमा रहेका बिरामी र तिनका परिवारलाई राहत मिल्नेछ, भने समाज र राज्यलाई यस्ता समस्यासँग सामना गर्न थप प्रेरणा र सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!