डा. दिलिप शर्मा वीर अस्पतालको निर्देशकमा नियुक्त


काठमाडौं – वीर अस्पतालको नयाँ निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा. भुपेन्द्र कुमार बस्नेतको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उनलाई दुई वर्षका लागि नियुक्त गरेका हुन्।

गत शुक्रबार उपकुलपति बस्नेतले निर्देशक पदका लागि डा. दिलिप शर्मा, डा. अनुपमा कार्की र डा. समाज गौतमको नाम सिफारिस गरेका थिए। तीन मध्ये स्वास्थ्य मन्त्री पौडेलले डा. शर्मालाई वीर अस्पतालको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएका हुन्।

डा. शर्मा यसअघि चिकित्सा शिक्षा आयोगका निर्देशक र नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार पदमा रही प्रशासनिक अनुभव हासिल गरिसकेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!