अर्थमन्त्री पौडेल र मेयरको स्वास्थ्य सुधार उन्मुख, सङ्क्रमणको आशंकाले भेटघाट बन्द


काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य सुधार उन्मुख देखिएको छ।

अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार शनिबार रात भरी उहाहरुको अवस्था सामान्य नै रहेको र हिजो भन्दा आइतवार सुधारोन्मुख देखिएको छ ।

हाललाई अवस्था सामान्य भए पनि सक्रमण हुने भएको हुदाँ दुवै जना सँगको भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको समेत अस्पतालले जनाएको छ।

पोखरामा जलनको घटनामा घाईते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्य लाई शनिवार दिउँसोको ३.३० बजे कीर्तिपुर अस्पताल को सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!