विद्यापति स्मृति पर्व–२०८१

महाकवि विद्यापति स्मृति दिवसमा रक्तदान


राजविराज–मैथिली भाषाका महाकवि विद्यापति स्मृति दिवसको अवसरमा राजविराजमा मङ्गलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मैथिली साहित्य परिषदले मङ्गलवार देखि तिन दिने विद्यापति स्मृति पर्व–२०८१ मनाइ रहेको छ । विद्यापति स्मृति पर्व को पहिलो दिन सप्तरी जिल्लामा पछिल्लो समय देखिएको रगत अभावलाई दृष्टि गत गर्दै मैथिली साहित्य परिषदको आयोजना र मैथिली युवा परिषदको संयोजनमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा अवधेश कुमार झा, ढकेन्द्र खतिवडा, जितेन्द्र कुमार झा जितु, उमेश यादव, अखिलेश झा, इ.संजीव नारायण यादव, राजीवकुमार झा, ललिता झा, रवि राय, विष्णु यादव, देवेन्द्र यादव, शिवानी सुमन, संजीवकुमार यादव, पवनकुमार यादव, लाल देव चौधरी, राहुल चौधरी, पंकज सरकार, रुपेश झा, समीर मिश्र, पुज्य विसी र सुनिल चन्दन गरी २१ जना ले रक्तदान गरेका थिए ।

मैथिली साहित्य परिषदका अध्यक्ष अवधेश झाले पछिल्लो समय सप्तरी जिल्ला मा देखिएको रगत अभाव लाई सम्बोधन गर्न विद्यापति स्मृति पर्वमा मङ्गलवार बिहान रक्त दान कार्यक्रम समेत समावेश गरिएको नेपालहेल्थप्रेस लाई बताए ।

यस्तै मङ्गलवार नै कवि गोष्ठी समेत सम्पन्न हुनेछ । यस्तै दोस्रो दिन बुधवार ‘सरकारी कामकाज को भाषा मैथिली किन ?’, विषयक विचार गोष्ठी समेत आयोजित गरिएको छ । तेस्रो दिन झाकी , सांस्कृतिक कार्यक्रम लगायतका विविध कार्यक्रम सहित विद्यापति स्मृति पर्व–२०८१ को समापन गरिने झाले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!