‘आहार पूरक सौन्दर्य वर्द्धक सङ्घमा विप्लव रञ्जित को अध्यक्षता नयाँ कार्य समिति’


काठमाडौं– नेपाल आहार पूरक सौन्दर्य वर्द्धक सङ्घ (एनएनसिए) मा विप्लव रञ्जित को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

सङ्घको शनिवार सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुशान्त मुरारका, उपाध्यक्षमा विनोद विष्ट र डा.चन्दन न्यौपाने, महासचिवमा सुरज पौडेल लाई दुई वर्षे कार्यकालको लागि निर्वाचित गरेको हो । 

यस्तै कोषाध्यक्षमा परशुराम भट्टराई, सचिवमा श्यामसुन्दर श्रेष्ठ, सह कोषाध्यक्षमा अनिल थापा निर्वाचित भएका छन । सङ्घको सदस्यहरूमा विजय मिश्र, रैनक अग्रवाल, अजय कुमार, सुदिप राज सुवेदी, चिरञ्जीवी अधिकारी, पूर्ण कुँवर, शैलेन्द्र कुमार सिंह निर्वाचित भएका हुन ।

सङ्घ स्थापना भएको ६ महिना भित्र प्रथम केन्द्रीय महाधिवेशन गर्नुपर्ने विधानको प्रावधान अनुसार २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो । एनएनसिए ६ सय भन्दा बढी न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीहरूको आयात र बजारीकरण गर्ने व्यवसायीहरूको एक साझा संस्था हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!