‘ग्लोबल फन्डलाई ‘बिचौलिया’ चाहिन्छः स्वास्थ्य मन्त्री प्रदिप यादब’


काठमाडौं– स्वास्थ्य मन्त्री प्रदीप यादव ले ग्लोबल फन्डको लागि आउने ६ अर्ब रुपियाँको स्वास्थ्य मन्त्रालय साक्षी मात्र हुने गरेको दुखेसो पोखेका छन् । उनले स्वास्थ्य मन्त्रालयको नाममा पैसा आउने गरे पनि जनतामा ६ अर्ब रुपियाँ नजाने गरेको बताए ।

ग्लोबल फन्ड विभिन्न देशहरूमा एड्स, क्षयरोग र मलेरिया जस्ता रोगहरूबाट वर्तमान तथा भावी पीढीमा हुने प्रभावलाई घटाई मानिसहरूको जीवन रक्षा गर्ने उदेश्यले गठित एक अन्तर्राष्ट्रिय वित्तीय संयन्त्र हो ।

‘ग्लोबल फन्डको ३अर्ब विदेश भ्रमण, तलव भत्ता, गोष्ठी, सेमिनार आदिमा खर्च हुन्छ’, स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री यादवले भने–‘बाकी ३अर्ब मा ३ वर्ष को लागि १–१ अर्ब जोडौं ।’

स्वास्थ्य मन्त्रीले भने–‘ उहाहरु (ग्लोबल फन्ड) ले भन्नु हुन्छ तपाइहरू (स्वास्थ्य मन्त्रालय) सक्षम हुनु हुन्न हामी विचौलिया राख्छौ, हामी सक्षम छौं भन्दा पनि हुँदैन भन्नु हुन्छ ।’

हाल स्वास्थ्य मन्त्रालयले ग्लोवल फन्ड को विषयमा सरोकार वाला निकायहरू सँग व्यापक छलफल जारी राखेको समेत उनले जनाए ।

‘वहाँहरू (ग्लोबल फन्ड) लाइ विचौलिया नै चाहिन्छ’, यादबले भने–‘अर्थ मन्त्रालयलाई हामीले भनि सकेका छौं , त्यस्तो बजेट चाहिन्न जसमा विचौलिया रहन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!