महिला स्वास्थ्य मुलुक कै प्राथमिकता, दुई दिने पहिलो महिला स्वास्थ्य सम्मेलन शुरु


काठमाडौं –नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा द्वारा आयोजित उक्त सम्मेलनका प्रमुख अतिथि सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले मुलुकको पछिल्लो जनगणना अनुसार ५१.०४ प्रतिशत अर्थात आधा भन्दा बढी जनसंख्या महिलाको रहेको ले महिला स्वास्थ्य को विषय स्वास्थ्य क्षेत्र मात्र नभइ सम्पुर्ण देश कै प्राथमिकता को रहेको बताइन ।

संविधानले सुनिश्चित गरेको महिला स्वास्थ्य सम्बन्धी अधिकारहरूलाई थप प्रत्याभूति गर्न आवश्यक नियमावली जारी गरि सकिएको जनाउदै मन्त्री शर्माले सम्मेलनले सामाजिक रूपान्तरणको आवश्यक कदमहरूबारे सुझाव प्रदान गर्ने समेत जनाइन ।

स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल सम्मेलनमा आफूहरूको काम ठिक थिए, थिएनन् , भविष्यमा के गर्नु पर्छ लगायतका सबै कोणबाट सम्मेलनमा विश्लेषण भएर एउटा निचोडमा पुगिने समेत बताए ।

स्वास्थ्य मन्त्रालय का अतिरिक्त स्वास्थ्य सचिव की डा.संगिता मिश्रले महिला स्वास्थ्य को क्षेत्रमा अझै धेरै गर्नु वाकी रहेको बताए ।  हाल सम्म महिला स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको प्रतिफल लिन नसकेको समेत जनाउदै डा.मिश्रले रोग निवारणमै बढी ध्यान दिनुको सट्टा जनचेतना वृद्धि समेत ध्यान दिनु पर्ने बताइन  ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले महिला र प्रजनन स्वास्थ्यमा विश्वव्यापी स्वास्थ्य कभरेजमा जोड दिइएको बताए । सम्मेलनको प्रस्तुती र छलफल यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, नसर्ने रोग, बालबालिका किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, महिला स्वास्थ्य  पोषण लगायतका विषयमा केन्द्रित छन ।

८५ कार्य पत्र पेश भइ रहेको यो सम्मेलनमा महिला स्वास्थ्य मा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा काम गरिरहेका ३ सय भन्दा बढी प्रतिनिधि को सहभागिता छ । प्रस्तुत हुने कार्य पत्रहरू मध्ये झण्डै दुई तिहाइ महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा केन्द्रित रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!