कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्र भाल झा नियुक्त


काठमाडौँ – विराटनगरस्थित कोशी अस्पतालको नेतृत्वमा फेरबदल भएको छ। सरकारले अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. चन्द्र भाल झालाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट उनलाई अस्पतालको कमान्ड सुम्पिएको हो।

डा. झा कोशी अस्पताल मै ११औँ तहमा प्रमुख कन्सल्टेन्ट डर्म्याटोलोजिस्टका रूपमा कार्यरत थिए। स्वास्थ्य मन्त्रालयले डा. झालाई आर्थिक तथा प्रशासनिक अधिकार सहित कोशी अस्पतालको प्रमुखको जिम्मेवारी दिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!