भारतमा निपाह संक्रमणमुक्त भएकी २५ वर्षीया नर्सको जटिलताका कारण मृत्यु


नयाँ दिल्ली (ब्युरो) – भारत, पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको बारासात स्थित एक निजी अस्पतालमा उपचाररत २५ वर्षीया महिला नर्सको बिहीबार हृदयघातका कारण मृत्यु भएको छ। उनी निपाह भाइरसबाट संक्रमित भएकी थिइन।

राज्य का स्वास्थ्य विभागका एक अधिकारी का अनुसार उनी हालै निपाह संक्रमणबाट मुक्त भइ सकेकी थिइन, तर अन्य जटिल स्वास्थ्य समस्याले ग्रस्त थिइन। उनको फोक्सोमा संक्रमण देखिएको थियो। हालै गरिएको परीक्षणमा निपाह रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै गएको थियो।

स्वास्थ्य विभागका एक अधिकारीले जनाए अनुसार ती नर्स लामो समय देखि कोमामा थिइन् र अस्पतालको सघन उपचार कक्ष (सीसीयू) मा राखिएको थियो। जनवरीको अन्त्यतिर उनलाई जीवन रक्षक उपकरण बाट हटाइएको थियो। बिहीबार साँझ करिब ४ बजे हृदय गति रोकिन पुगे पछि उनको निधन भएको हो।

यस विषयमा हाल सम्म केन्द्र सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

गत महिना पश्चिम बंगालमा दुई नर्समा निपाह भाइरस संक्रमण पुष्टि भएको थियो, जसमा मृतक नर्स एक हुन । दुवैलाई बारासात कै उक्त अस्पतालमा भर्ना गरिएको थियो। संक्रमित अर्का पुरुष नर्स भने पूर्ण रूपमा निको भएर जनवरी मै अस्पतालबाट डिस्चार्ज भएका थिए। तर महिला नर्सको अवस्था सुधार हुन नसक्दा उनी अस्पताल मै उपचाररत थिइन। हाल सम्म राज्यमा पुष्टि भएका निपाह संक्रमणका यी दुई मात्र घटना हुन।

लामो समय कोमामा

स्वास्थ्य अधिकारीहरुका अनुसार लामो समय कोमामा रहँदा उनको रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कमजोर भएको थियो, जसका कारण पछि फोक्सोमा संक्रमण देखिएको हो। स्वास्थ्य विभागले यी दुई बाहेक राज्यमा निपाह भाइरसको अन्य नयाँ संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ।

संक्रमित नर्सहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको थियो। ती सबै व्यक्तिहरूको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ।

जनावरबाट मानिसमा सर्ने भाइरस

निपाह भाइरसका प्रमुख वाहक चमेरा (फलफुल खाने चमेरा) हुन। यी चमेराको र्‍याल, पिसाब वा मल मार्फत भाइरस मानिसमा सर्न सक्छ। दूषित खजुरको रस सेवन गर्दा वा सुँगुर मार्फत पनि संक्रमण फैलिन सक्छ। संक्रमित जनावर वा व्यक्ति सँग नजिकको सम्पर्कमा रहँदा समेत यो भाइरस सर्ने जोखिम हुन्छ।

यस भाइरसको लक्षण संक्रमण भएको ४ देखि २१ दिनभित्र देखापर्छ। प्रारम्भमा ज्वरो, टाउको दुखाइ र खोकीजस्ता सामान्य लक्षण देखिए पनि पछि गम्भीर निमोनिया वा मस्तिष्क सुन्निने समस्या (एन्सेफलाइटिस) सम्म विकसित हुन सक्छ।

यो पनि पढ्नुहोस्👉निपा भाइरस दुर्लभ तर अत्यन्त गम्भीर, हाल प्रकोप पश्चिम बङ्गाल मै सीमित: डब्लुएचओ प्रमुख


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!