सेनाका पूर्व उपरथी डा. देवेन्द्रबहादुर खत्रीले सम्हाले चिकित्सा शिक्षा आयोगको कमान्ड
काठमाडौँ- नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राध्यापक एवं नेपाली सेनाका पूर्व उपरथी डा. देवेन्द्रबहादुर खत्री चिकित्सा शिक्षा आयोगको नयाँ उपाध्यक्षमा नियुक्त भएका छन । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले उनलाई नियुक्त गरे लगत्तै शिक्षामन्त्री सस्मित पोखरेलबाट उनले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका छन।
डा. खत्री नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा प्राध्यापकका रूपमा कार्यरत छन। उनले यस अघि संस्थानको कार्यकारी निर्देशकको जिम्मेवारी पनि सम्हालि सकेका छन। नेपाली सेनाको प्राविधिक सेवातर्फ उपरथीको जिम्मेवारी समेत निर्वाह गरि सकेका उनी चिकित्सा शिक्षा, स्वास्थ्य सेवा व्यवस्थापन र संस्थागत नेतृत्वको अनुभव भएका व्यक्तिका रूपमा परिचित छन।
यस अघि सरकारले अध्यादेश मार्फत तत्कालीन उपाध्यक्ष अञ्जनी कुमार झालाई पदमुक्त गरेपछि आयोगको उपाध्यक्षको जिम्मेवारी निमित्तका रूपमा पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीले सम्हाल्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस