चिकित्सक संघको आन्दोलन स्थगित, सरकारले ११ दिन भित्र कानुनी संशोधनको प्रक्रिया अघि बढाउने


काठमाडौ – नेपाल चिकित्सक संघ लगायतका सरोकार वाला हरुको माग सम्बोधनका लागि सरकार र आन्दोलनरत पक्ष बीच मङ्गलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको छलफल पछि महत्वपूर्ण सहमति बनेको छ।

सहमति सँगै चिकित्सक संघले सबै किसिमका आन्दोलनहरु मङ्गलबार देखि स्थगन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री ओलीको निर्देशनमा मङ्गलबार साँझ ६:३० बजे बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका मन्त्रीहरू  क्रमशः दामोदर भण्डारी, अजय कुमार चौरसिया र प्रदिप पौडेल,  सचिव डा. विकास देवकोटा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की तथा प्रतिनिधिहरू तथा सम्बन्धित सरोकार वाला संघ संस्थाहरु सहभागी थिए । छलफल मा उठाइएका विषयहरूको समाधानका लागि तीन बुँदे निर्णय सार्वजनिक गरिएको छ।

के भयो निर्णय ?

  • ७ दिन भित्र कार्यदलको प्रतिवेदन                                                नेपाल चिकित्सक संघ लगायतका सरोकार वालाहरूका मागहरूको यथोचित सम्बोधन गर्न आवश्यक कानूनी तथा नीतिगत संशोधन प्रस्ताव सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्ने गरी कार्यदल गठन गरिएको छ। उक्त कार्यदलमा संयोजक: महाशाखा प्रमुख, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय), सदस्य: सह सचिवस्तर प्रतिनिधि (कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय), सदस्य: सह सचिवस्तर प्रतिनिधि (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) रहेका छन्।
  • ११ दिन भित्र कानुनी संशोधन प्रक्रिया सुरु हुने                              कार्यदलको प्रतिवेदन मन्त्री स्तरीय वार्ता टोलीमा प्रस्तुत गरिनेछ र सोअनुसार ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ लगायतका सम्बन्धित कानूनी तथा नीतिगत प्रावधानमा संशोधन गर्न मन्त्रिपरिष द्वारा सैद्धान्तिक सहमति लिने प्रक्रिया सुरु गरिनेछ। उक्त प्रक्रिया ११ दिनभित्र सम्पन्न गरी आवश्यक संशोधन फास्ट ट्रयाक बाट अघि बढाइनेछ।
  • आन्दोलन स्थगन सहमति                                                       अनुसार नेपाल चिकित्सक संघले आज (मङ्गलबार) मिति देखि सबै किसिमका आन्दोलनहरू स्थगन गरी देश भरका स्वास्थ्य संस्थाहरूमा नियमित सेवा सुचारु गर्ने निर्णय गरेको छ।

 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!