स्नायु तथा नशा सम्बन्धी समस्या का बिरामीहरूका लागि वीर अस्पतालमा विद्युतीय उपचार सेवा


काठमाडौं – वीर अस्पतालको न्युरो सर्जरी विभागले अमेरिकाको क्यारिलियन रोआनोके मेमोरियल हस्पिटल को सह कार्यमा स्नायु तथा नशा सम्बन्धी समस्याका बिरामीहरूका लागि विद्युतीय तरंग प्रवाह विधि उपलब्ध गराएको छ।

कसका लागि उपयुक्त?

यो उपचार विधि पार्किन्सन, छारे रोग, डिप्रेसन, शरीर कम्पन, डिस्टोनिया, ओसिडी जस्ता समस्या भएका बिरामीहरूका लागि विशेष रूपमा उपयोगी मानिन्छ।

परम्परागत औषधिले सुधार ल्याउन नसकेका बिरामीहरूका लागि मस्तिष्क वा स्नायु प्रणालीलाई विद्युतीय उत्तेजना दिने प्रविधि (डिप ब्रेन स्टिम्युलेसन/भेगल नर्भ स्टिम्युलेसन) तथा मेरुदण्ड पछघात भएका बिरामीहरूका लागि स्पाईनल स्टिम्युलेसन विधि सञ्चालनमा ल्याइएको छ।

बिरामी छनोट प्रक्रिया

यस उपचारका लागि इच्छुक बिरामीहरूले चैत्र १८ गते सम्म वीर अस्पतालको न्युरो सर्जरी विभाग (चौथो तल्ला, कोठा नं. ४३१) मा शनिबार बाहेक प्रत्येक दिन १२:०० – १:३० बजे सम्म सम्पर्क गर्न सक्ने छन्। यस्तै यस प्रक्रिया अन्तर्गत थप जानकारीको लागि फोन नम्बर ९८०८०३९६९९ मा समेत सम्पर्क गर्न सकिन्छ ।

विशेषज्ञको भनाइ

वीर अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्रा. डा. राजीव झा का अनुसार, ‘औषधिले सन्चो नभएका पार्किन्सन, छारे रोग, शरीर कम्पन, दीर्घ दुखाइ, खुट्टाको मासु कडा हुने समस्या तथा पक्षघात भएका बिरामीहरूका लागि यो विधि प्रभावकारी हुनेछ।’

यस अघि पनि वीर अस्पतालले क्यारिलियन हस्पिटल सँगको सहकार्यमा यस्ता उपचारहरू प्रदान गरेको थियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!