‘दक्षिण–पूर्वी एसियामा एक बर्षमा ८३००० जनाको डुबेर मृत्यु, डुब्ने घटना रोक्न बलियो उपायहरू बनाउन डब्लुएचओकाे आह्वान’


काठमाडौं–विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई पानीमा डुब्ने घटना रोक्नको लागि उपायहरू बलियो रुपमा बनाउन आह्वान गरेको छ । जसले बालबालिका र जोखिममा परेकाहरूलाई प्रतिकूल प्रभाव पार्छ ।

डुब्ने घटनाको रोकथाम सम्बन्धी डब्लुएचओको पहिलो विश्वव्यापी अवस्था प्रतिवेदन अनुसार सन २०२१ मा दक्षिण पूर्व एसिया क्षेत्रमा डुबेर ८३,००० मानिसको मृत्यु भएको थियो, जुन विश्वव्यापी डुब्ने घटनाको भारको २८ प्रतिशत हो । यसले विश्व भर प्रति घण्टा डुबेर झन्डै ३० जनाको मृत्यु हुने घटनामा महत्वपूर्ण योगदान समेत दिन्छ ।

डब्ल्यूएचओको प्रेस विज्ञप्ति अनुसार यस क्षेत्रमा डुबेर मृत्यु हुने मध्ये ४३ प्रतिशत १४ वर्ष वा सो भन्दा कम उमेरका बालबालिका थिए ।

पाँच देखि १४ वर्षका बालबालिकाको मृत्युको तेस्रो प्रमुख कारण डुब्नु हो र १ देखी ४ वर्षका बालबालिकाको मृत्युको चौथो प्रमुख कारण समेत हो ।

‘जीवन बचाउन र सबैका लागि समान सुरक्षा सुनिश्चित गर्न, यस क्षेत्रमा डुब्ने घटना रोकथाम उपायहरू विस्तार गर्नु आवश्यक मात्र होइन, नैतिक रूपमा पनि अपरिहार्य छ,’डब्ल्यूएचओको दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक साइमा वाजेदले भनिन् ।

डब्लूएचओका अनुसार अपर्याप्त पर्यवेक्षण, सीमित पौडी खेल्ने सीप र पानी सुरक्षा ज्ञानको कमीका कारण बालबालिकाहरूले ठूलो जोखिमको सामना गर्नु पर्छ । ठूला बालबालिका र किशोरहरूका लागि साथीहरूको दबाब, जोखिम लिने व्यवहार र लागू पदार्थको सेवनले उनीहरूको जोखिम बढाउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!