एक मात्रा औषधि को मूल्य ४५ करोड ७२ लाख ८० हजार रुपैयाँ / संसारकै सबै भन्दा महँगो औषधि


अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले हालै विश्वको सबैभन्दा महँगो औषधिलाई स्वीकृत गरेको छ ।
‘हेमजेनिक्स’ नामको यो औषधिको एक मात्रा(डोज)को मूल्य ३५ लाख डलर अर्थात ४५ करोड ७२ लाख ८० हजार रुपैयाँ पर्छ । यो हेमोफिलिया बी बाट पीडित बिरामीहरूको उपचारमा प्रयोग हुनेछ ।
हेमोफिलिया रोग के हो?
हेमोफिलिया एक आनुवंशिक (जेनेटिक) रोग हो । यसको थुप्रै प्रकारहरू छन्, तर ‘हेमोफिलिया–बी’ एकदम दुर्लभ छ । यसमा व्यक्तिको रगतमा एउटा प्रोटिनको कमी हुन्छ, जसले रगत जमाउँछ । यो प्रोटिनलाई ‘क्लोटिंग फ्याक्टर’, पनि भनिन्छ। यो रोग लागेका व्यक्तिलाई सानो चोट समेत लागेमा घाउमा रगत जम्दैन र रगत निरन्तर बगिरहन्छ । अत्याधिक रक्तस्रावका कारण मानिसको ज्यान समेत जान सक्छ ।

नयाँ औषधिको एक मात्राले राहत दिन्छ
एफडीएका अनुसार हेमजेनिक्स औषधि ‘हेमोफिलिया–बी’ का बिरामीका लागि निकै प्रभावकारी साबित हुनेछ । यो महँगो भए पनि यसको एक मात्राको लागत जीवनभर चल्ने उपचार भन्दा कम हो ।
विज्ञहरूका अनुसार अमेरिकामा एक बिरामीले हेमोफिलियाको उपचारमा २१ देखि २३ मिलियन डलर अर्थात (२७३ करोड रुपियाँ देखि २८९ करोड रुपियाँ ) खर्च गर्छन् । तर, बेलायत जस्ता देशमा यो खर्च कम छ ।

हाल, एफडीएले यो रोगबाट बच्न औषधिको कति मात्रा सक्षम हुनेछ भन्ने जानकारी दिएको छैन। तर, जानकारीका अनुसार यो औषधिको एक मात्रा लिनाले वर्षौ सम्म रगत बग्ने र रगत जम्ने समस्या कम हुन्छ ।
हाल हेमोफिलियाको उपचार के हो ?
अहिले हेमोफिलिया भएका बिरामीले आफ्नो रगतमा जम्ने कारक ( क्लटिङ फ्याक्टर ) बदल्नुपर्छ । सामान्यतया यो उपचार सबै ठाउमा उपलब्ध छ । यस प्रक्रियामा, क्लटिङ कारकहरू बिरामीलाई इन्जेक्सनको माध्यमले दिइन्छ । यो उपचार जीवनभर जारी रहन्छ । यस बाहेक अत्याधिक रक्तश्राव हुनबाट बच्न वा रोक्न पनि सावधानी अपनाइन्छ ।

हेमोफिलियाबाट पुरुष बढी पीडित छन्
एफडिएको अनुसार, हेमोफिलियाले विश्वमा हरेक ४० हजार जना मध्ये एक जनालाई असर गर्छ । अर्थात् विश्वको १५ प्रतिशत मानिसहरू यो रोग वाट प्रभावित छन । यो रोग महिला को दाँजोमा पुरुषहरू मा बढी सामान्य छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!