मोरङ को तिन स्थानमा निः शुल्क स्वास्थ्य शिविर /एक हजार ५३ जना ले उपचार पाए


विराटनगर – मोरङको क्षेत्र नम्बर तीनको  तीन स्थानमा विहीवार संञ्चालन गरीएको निःशुल्क स्वास्थ्य परीक्षण शिविर वाट एक हजार ५३ जना विरामीले उपचार पाएका छन ।

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उक्त स्वास्थ्य शिविर सञ्चालन गराएका हुन ।उक्त शिविर मा नोबेल का विशेषज्ञ चिकित्सकले विरामी जांच गरेका थिए ।

सुन्दरहरैंचा -१२ मा गरिएको शिविरमा ९५ जनाको इसीजी, १ सय ५ जनाको रक्त परीक्षण, ९७ जनाको भिडियो एक्स-रे र ११ जनाको दाँत खोलिएको छ । सुन्दर हरैंचामा ४ सय ५३ विरामीको स्वास्थ्य परीक्षण समेत गरिएको हो ।

यस्तै ज्येष्ठ नागरिकलाई लक्षित गरेर बेलबारी नगरपालिका वडा नंम्बर १० स्थित भाउन्नेमा संञ्चालन गरीएको शिविरमा २ सय ५३ जना विरामीको स्वास्थ्य परीक्षण भएको थियो ।

जसमध्ये ६१ जनाको इसीजी, ८५ जनाको रक्त परीक्षण र १ सय ७ जनाको भिडियो एक्सरे गरिएको हो ।  यतिमात्र नभई समस्या भएका २३ जनाको दात समेत फुकालिएको छ ।

बाल बालिकालाई लक्षित गरी सुन्दर हरैंचा -१० स्थित मदर किन्डर गार्डेन बोर्डिङ स्कुलमा पनि शिविर सञ्चालन गरिएको छ । शिविरमा ३ सय ४७ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको हो । 

तीन वटै शिविरबाट थप उपचारका लागि १ सय २४ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

रेफर भएका विरामीहरुलाई नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पछि घर पुर्र्याउने व्यवस्था समेत गरीएको थियो ।

बेलवारी घर भएका डा.शर्मा को क्षेत्र नं. ३  चुनावी क्षेत्र समेत हो । उक्त क्षेत्रमा विगत देखी नै नोबेल अस्पताल  मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको दहाल ले वताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!