सात विषयमा केन्द्रीत चिकित्सक संघको दोस्रो सम्मेलन मंगलवार देखि


काठमाडौँ -नेपाल चिकित्सक संघको  दोस्रो राष्ट्रिय सम्मेलन आगामी मंगल वार काठमाडौंमा हुने भएको छ ।

नेपालमा महामारीको तयारीका विषयमा केन्द्रित रहेको दुई दिने राष्ट्रिय सम्मेलन को प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उदघाटन गर्ने कार्यतालिका रहेको छ।

सम्मेलनमा विभिन्न सात विषयमा छलफल हुने छ । यस अन्तर्गत ‘सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’, ‘चिकित्सा शिक्षामा चुनौती र अवसर’, ‘संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि’, ‘महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर’, ‘खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण,’ ‘नेपालमा मेडिकल टुरिज्म’ र ‘चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा’ विषयमा छलफल हुने छ ।

गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको जनाउँदै संघका अध्यक्ष डा लोचन कार्कीले भने – ‘छलफलबाट आएका सुझावहरुलाई हामी स्वास्थ्य मन्त्रालयलाई नीतिहरु बनाउन र अन्य सुधारका लागि दिनेछौं ।’

संघका पूर्व अध्यक्ष डा . अञ्जनी कुमार झाको अध्यक्षतामा गठित दोस्रो सम्मेलनका आयोजक समिति मा संघका अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजाल, डा एन्जल मगर र डा चन्दा कार्की छन । 

डा . चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष समेत हुन ।वैज्ञानिक समितिमा डा सन्ध्या चापागाईं, डा अनुपमा कार्की, डा अनुपमा सुवाल, डा कृष्ण अग्रवाल, डा सरोजा कार्की पाण्डे, डा सुमनराज ताम्राकार, डा पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा सुजित भुषाल र डा अलिस्का निरौला छन् ।

यस्तै सम्मेलनको सल्लाहकार समितिमा डा रमेशकान्त अधिकारी, डा केदारनरसिंह केसी, डा किरण रेग्मी, डा कुसुम थापा र डा मिता सिंह समेत छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!