फूल कुमारी अस्पताल र तिलगंगा बिच आखा उपचार सम्बन्धी समझदारी 


काठमाडौं–फूलकुमारी महतो मेमोरियल अस्पताल र  नेपाल आखा कार्यक्रम, तिलगंगा आखा प्रतिष्ठान बिच शुक्रवार प्रतिष्ठानमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको
तर्फबाटअध्यक्ष उपेन्द्र महतो र नेपाल आखा कार्यक्रम, तिलगंगा आखा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा. सन्दुक रुइतले हस्ताक्षर गरेका हुन ।
अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नति गरी आँखाको शल्यक्रिया सेवा लगायतका कार्यक्रम सञ्चालन गर्ने  सम्झौतापत्रको उद्देश्य रहेको छ ।
सम्झौता पत्रमा अस्पतालमा रहेको आखा विभागलाई सुदृढीकरण गरी आखाको शल्यक्रिया सेवा समेत सञ्चालन हुने, उपयुक्त भौतिक पूर्वाधार एवं आखाको बहिरङ्ग विभागमा आवश्यक पर्ने आखा जाँच मेसिन औजारको बन्दोवस्त गर्ने, आखा उपचारका लागी यदि थप भवन निर्माण गर्नु परेमा निर्माण गर्ने लगायतका छन । 

 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!