अनुसन्धान
सहरहरूमा बोटबिरुवा रोपेर गर्मीका कारण हुने मृत्यु घटाउन सकिने

हालै गरिएको एक अध्ययन अनुसार, यदि सहरहरू मा बोट बिरुवा र हरियालीको क्षेत्रफल ३० प्रतिशत ले बढाइयो भने गर्मीका कारण हुने मृत्युको दरमा एक तिहाइले कमी ल्याउन सकिने देखिएको छ। यसले विश्व भर करिब ११.६ लाख मानिसको जीवन जोगाउन सक्नेछ ।
यो अध्ययन को निष्कर्ष द ल्यान्सेट प्लानेटरी हेल्थ नामक वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको हो। अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका अनुसन्धानकर्ता हरूले देखाएका छन् कि सहरमा हरियाली १०%, २०% र ३०% ले बढाउँदा गर्मीको औसत तापक्रम क्रमशः ०.०८, ०.१४ र ०.१९ डिग्री सेल्सियसले घट्छ । यस अनुसार, करिब ८.६, १०.२ र ११.६ लाख मानिसको मृत्यु रोक्न सकिने सम्भावना छ।
अनुसन्धानकर्ता युमिङ गुओका अनुसार, हरियाली वृद्धि गर्नु गर्मीका कारण हुने मृत्यु घटाउने एउटा प्रभावकारी उपाय हो।
यो अध्ययन सन् २००० देखि २०१९ सम्म विश्वका ११,५३४ शहरी क्षेत्रमा गरिएको मोडेल विश्लेषणमा आधारित छ।
दक्षिण एसिया, पूर्वी युरोप र पूर्वी एसियाका सहरहरूमा गर्मीका कारण हुने मृत्युमा सबैभन्दा बढी कमी देखिएको छ।
अनुसन्धानले देखाउँछ कि छायाँ दिने सतह, सूर्यको विकिरणलाई परावर्तन गर्ने क्षमता र बोटबिरुवाबाट हुने वाष्पोत्सर्जनले तापक्रम घटाउन सकिन्छ। तापक्रम कम हुँदा गर्मीका कारण हुने मृत्यु दरमा महत्वपूर्ण गिरावट आउँछ।
प्रतिक्रिया दिनुहोस