सेप्सिसले बर्षेनी १ करोड १० लाख को मृत्यु


काठमाडौ -नेपालमा समेत विभिन्न कार्यक्रमहरु गरेर विश्व सेप्सिस दिवस मनाइएको छ ।सेप्सिस दिवसको अवसरमा नेपाल सघन उपचार विकास प्रतिष्ठानले मंगलवार क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपाल र नेप्लिज सोसाईटी अफ क्रिटिकल केयर मेडिसिन को सहकार्यमा जन चेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।

यस कार्यक्रम अन्तर्गत विभिन्न अस्पताल का  डाक्टर र नर्सहरु को  सहभागिता मा सेप्सिस वाक समेत आयोजित गरिएको हो । यस्तै इन्टर आइसियु सेप्सिस क्विज पनि आयोजना भएको थियो ।

विज्ञ हरुको अनुसार सेप्सिस, संक्रमण र चोटको यस्तो गम्भीर अवस्था हो जुन जीवनलाई खतरामा पार्न सक्छ ।सेप्सिस अर्थात रक्त विषाक्तता या सिस्टेमिक इन्फ्लामेट्री रिस्पोन्स सिन्ड्रोम एक प्राणघातक स्थिति हो ।

यो त्यति खेर हुन्छ जब कुनै संक्रमण विरुद्ध शरीरको प्रतिक्रिया हुन्छ र शरिरले आफ्नो  स्वयंको तन्तु र अंग लाई क्षती पुर्याउन थाल्छ ।

यो स्थितिमा आघात ( शक ) लाग्छ र शरीरको धेरै अंग खराब हुनु को साथै समयमै उपचार नभए विरामीको मृत्यु समेत हुन्छ ।

सेप्सिसको विश्वव्यापी अवस्था पत्ता लगाउन गाह्रो छ । यद्यपि हालैको एक वैज्ञानिक प्रकाशनले अनुमान गरे अनुसार सन २०१७ मा विश्वभर ४ करोड ८९ लाख  केसहरू र १ करोड १० लाख  सेप्सिस सम्बन्धित मृत्युहरू भएका थिए, जुन सबै विश्वव्यापी मृत्युहरूको लगभग २० प्रतिसत हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!