ग्लोबलकायस्थ सम्मेलन द्वारा रक्तदान कार्यक्रम / न्यून रक्त संकलनको कारण बिरामीहरू समस्या मा


किर्तिपुर – ग्लोबल कायस्थ सम्मेलन ( जिकेसी नेपाल ) ले उपत्यकामा रगत अभाव हुन नदिन आयोजना गरेको कार्यक्रममा ४५ जना ले रक्तदान गरेका छन ।

मुलुकमा न्यून रक्त संकलनको कारण बर्षेनी बिरामीहरू समस्यामा पर्ने गरेका छन ।

उक्त रक्तदान इशानेश्वर महादेव मन्दीर, मैत्री नगर किर्तीपुरमा गरिएको थियो ।

स्वामी विवेकानन्द को विश्व विजय दिवसको अवसरमा आइतवार गरिएको रक्तदान विहान ११ वजे देखि दिउसो ३ वजे सम्म चलेको थियो ।

जिकेसी नेपालका अध्यक्ष डा . पुनम कर्णले संकलीत रगतवाट धेरै जना को ज्यान जोगीने बताइन ।

मुलुकमा कुल जनसंख्याको २ प्रतिशतले रक्तदान गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता भएपनि गत वर्ष ०.८ प्रतिशत मात्रै रगत संकलन भएको औल्याउदै डा कर्णले – ‘न्यून रक्त संकलनकै कारण बिरामीहरूले समस्या खेप्नु परिरहेको छ ।यसैले हामी सबै स्वस्थ नेपालीले बिरामीलाई जीवन दान दिने प्रकृया अर्थात रक्तदान नियमित रूपमा गर्नुपर्छ।’

उक्त कार्यक्रममा इनर ह्विल क्लव अफ वालाजु र नेपाल रेडक्रस सोसाइटी ले सहयोग गरेको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!