चिकित्सक संघको स्नातकोत्तर सिट संख्याबारे गम्भीर ध्यानाकर्षण


काठमाडौं – नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोग द्वारा स्नातकोत्तर (एमडी/एमएस/एमडीएस) को सिट संख्या थप्ने निर्णय गरिए पनि निजी मेडिकल कलेजहरूको सिट संख्या घटाएर म्याचिड़ प्रक्रिया अघि बढाइएको प्रति गम्भीर आपत्ति जनाएको छ।

चिकित्सक संघका अनुसार उक्त निर्णय कार्यान्वयन नहुँदा जेहेन्दार विद्यार्थीहरू गुण स्तरीय शिक्षाबाट वञ्चित हुने, ठूलो रकम विदेशिनुका साथै योग्य चिकित्सकहरू विदेश पलायन हुने खतरा कायमै रहने देखिन्छ।

संघले नेपालमै चिकित्सक उत्पादन र स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले पूर्व निर्धारित सिट संख्या अनुसार म्याचिड़ प्रक्रिया अघि बढाउन माग गरेको छ।

त्यसै गरी, चिकित्सा शिक्षा आयोगको १६औं बैठकमा निर्णय भए अनुसार स्नातकोत्तर आवासीय चिकित्सकहरू लाई नेपाल सरकारको आठौँ तह सरह रु ४८ हजार ७ सय ३७ रुपैयाँ  निर्वाह भत्ता अविलम्ब उपलब्ध गराउन संघले जोडदार माग गरेको छ।

आयोगको १७ औं बैठकमा निजी मेडिकल कलेजहरूले सिट संख्या घटाउने निर्णय कार्यान्वयन गर्न नसकिने भनी पेश गरेको निवेदन माथि छलफल गर्ने भनिए अनुसार १८औं बैठक तत्काल सञ्चालन गरी समस्या समाधान गर्न नेपाल चिकित्सक संघले आग्रह गरेको छ।

संघका महासचिव डा. सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा चिकित्सा शिक्षा आयोग लाई अविलम्ब आवश्यक कदम चाल्न अनुरोध गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!