चिकित्सक संघ परिषद सदस्य को चुनाव तातियो: को को हुन, प्रतिस्पर्धामा उत्रेका ११६ जना
काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को आगामी परिषद् सदस्य निर्वाचनको सरगर्मी बढेको छ। २०८३ साउन २३ गते हुने निर्वाचनका लागि केही उम्मेदवारहरूले नाम फिर्ता लिए सँगै निर्वाचन समितिले ११६ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाँदा निर्वाचन समितिले प्रचार प्रसारमा संघको आधिकारिक लोगो प्रयोग नगर्न र आचार संहिताको पूर्ण पालना गर्न उम्मेदवारहरूलाई कडा निर्देशन दिएको छ।
चिकित्सक संघ केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) को निर्वाचन सम्पन्न भई सकेको अवस्थामा नेपाल चिकित्सक संघ परिषद् गठनका लागि ६० जना परिषद् सदस्यको चयन गर्न निर्वाचन हुन गइरहेको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा ११६ जना उम्मेदवार रहेका छन। यसै बीच, निर्वाचन समितिले चुनावी प्रचार प्रसारका क्रममा केही उम्मेदवारले नेपाल चिकित्सक संघको आधिकारिक लोगो प्रयोग गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका अनुसार प्रचार सामग्रीमा संघको लोगो प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरीत भएकाले सम्बन्धित उम्मेदवारलाई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको छ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत प्रा. डा. प्रणय रत्न शाक्यद्वारा जारी सूचनामा निष्पक्ष, मर्यादित र आचार संहिता अनुसार निर्वाचन सम्पन्न गराउन सबै उम्मेदवारलाई नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
चुनाव मैदानमा उत्रेका ११६ उम्मेदवार को को हुन ?
अन्तिम नामावलीमा परेका उम्मेदवारहरूमा डा. आनन्द कुमार सिंह, डा. अभिषेक अमर, डा. अभिषेक कुमार झा, डा. आदित्य कुमार, डा. अखिलेश झा, डा. अल्का खतिवडा, डा. अमित कुमार ठाकुर, डा. अमरेन्द्र गुप्ता, डा. अमृतराज जैशी, डा. अनिल बाबु रेग्मी, डा. अनिल शाह (दुई जना), डा. आरिफ हुसेन, डा. आशिष लामिछाने, डा. अश्वनी कुमार गुप्ता, डा. आयुष पौडेल उपाध्याय, डा. विभाष गोइत, डा. विजय बिक्र्रम बम, डा. विजय कुमार मेहता, डा. विकास चन्द्र साह, डा. विकास कुमार रौनियार, डा. विकास पण्डित, डा. विक्रम ओली, डा. बिलाल अन्सारी, डा. विपिन पौडेल, डा. विप्लव लामिछाने, डा. विशाल गुरुङ, डा. विष्णु ढकाल शर्मा, डा. विश्वाश अधिकारी, डा. चन्दन कुमार यादव, डा. चन्द्रकिशोर यादव, डा. चेवनराज कार्की, डा. दीपक कँडेल, डा. धनेश्वर यादव, डा. दिलीप कुमार दिवाकर, डा. दीपक कुमार चौरसिया, डा. दिव्यांशु झा, डा. गंगेश्वरनाथ ठाकुर, डा. जर्ज बुस जंग कटवाल, डा. हरिप्रसाद ओली, डा. जाती श्रेष्ठ, डा. जयभूषण झा, डा. जीतकुमार यादव, डा. जिवानाथ धमला, डा. जितेन्द्र कुमार सिंह, डा. जोन्सन विश्वकर्मा, डा. कमलराज साह, डा. केशव श्रेष्ठ, डा. किरण आचार्य, डा. किरण चन्द्र पुन, डा. कृष्णबहादुर सोडारी, डा. कृष्णकुमार गुप्ता, डा. लोकरत्न ग्यावली, डा. माधव भुसाल, डा. मनोज कुमार यादव, डा. एमडी माजिद अली, डा. मिलन राई, डा. मिलन सुवेदी, डा. मिथिलेश प्रसाद ठाकुर, डा. नवीन अधिकारी, डा. नवीन कुमार उपाध्याय, डा. नवीन सिंह बोहरा, डा. नमो बुद्ध शाक्य, डा. नीरज कुमार देव, डा. नीरज पन्थी, डा. निराजन पौडेल, डा. निराजन यादव, डा. निरोज कार्की, डा. निश्छल शाह, डा. निशा आचार्य, डा. पारिधि भट्टराई, डा. प्रदीप प्रजापति, डा. प्रज्ञान बस्नेत, डा. प्रकाश खरेल, डा. प्रशान्त राई, डा. पुनम पाण्डे, डा. पुरञ्जन थापा, डा. पुरुषोत्तम प्रसाद यादव, डा. पुष्कल शाह, डा. रवीन्द्र प्रसाद यादव, डा. राजीव खड्का, डा. राजेश कुमार पञ्जियार, डा. रजनीश यादव, डा. रामकृष्ण यादव, डा. राम थापा क्षेत्री, डा. रञ्जन पोखरेल, डा. रविशंकर सिंह, डा. रिचल श्रेष्ठ, डा. रोहित न्यौपाने, डा. रोजी थापालिया, डा. रुपेश दास, डा. सचिन झा, डा. सचिन मिश्र, डा. समीर दत्ता, डा. संस्कृति कोइराला, डा. सञ्जय धरेल, डा. सञ्जय बराल, डा. सन्तोष घिमिरे, डा. सन्तोष राई, डा. सरोज कार्की, डा. सरोज कुमार गोहिवार, डा. सरोज कुमार साह, डा. सरोज नायक, डा. शशि कुमार यादव, डा. शिरीष सिलवाल, डा. शिवकुमार साह, डा. श्रद्धा शर्मा, डा. सृष्टि गौतम, डा. सितेश यादव, डा. सुभाष आचार्य, डा. सुजन न्यौपाने, डा. सुनील प्रधान, डा. सुरेश महार्जन, डा. टेकराज उपाध्याय, डा. उज्ज्वल ठोकर तथा डा. उत्तम कुमार गौतम रहेका छन।

प्रतिक्रिया दिनुहोस