एक दिनमा थपिए २ सय ६० संक्रमित

दैनिक संक्रमण दर ६.७६ प्रतिशत


काठमाडौं– मुलुकमा बिहीबार २ सय ६० जनामा कोभिड–१९को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको बुलेटिन अनुसार बिहीबार पिसिआर र एन्टिजेन गरी ३ हजार ८ सय ४४ जनामा परीक्षण गरिएकोमा ६.७६ प्रतिशत मा संक्रमण देखिएको हो ।
सक्रिय सङ्क्रमितको संख्या समेत विहीवार १ हजार १ सय ७१ पुगेको छ । यस मध्ये ७ सय ७६ जना अर्थात ६६.२२ प्रतिशत सक्रिय संक्रमित काठमाडौं जिल्लाका छन ।
हाल देश भरीमा शून्य संक्रमित भएका १२ वटा  जिल्ला ताप्लेजुङ, धनुषा, मनाङ, मुस्ताङ, म्याग्दी, जाजरकोट, डोल्पा, रुकुम (पश्चिम) , कालिकोट, मुगु, बाजुरा र डडेलधुरा हुन ।
हाल १४ जना आइसीयु मा र १ जना भेन्टिलेटरमा गरी १५ जना सघन उपचारमा छन । यस मध्ये वाग्मती प्रदेश मै १३ जना आइसीयु उपचाररत छन ।देश भरीमा विहीवार ७२ हजार ३ सय २० जना लाई कोभिड विरुद्धको खोप समेत लगाइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!