७० प्रतिशत नेपालीले लगाए कोभिड विरुद्धको पुर्ण मात्रा खोप


 ७० प्रतिशत नेपालीले लगाए कोभिड विरुद्धको पुर्ण मात्रा खोप
काठमाडौं– नेपालमा कुल जनसंख्याको  झण्डै ७० प्रतिशत ले कोभिड विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन । 
स्वास्थ्य मन्त्रालयको अनुसार मंगलबार सम्म २ करोड ४ लाख ४ हजार ४ सय १०  जना अर्थात मुलुकको जनसंख्याको  ६९.९ प्रतिशत ले पूर्ण मात्रा कोभिड विरुद्धको खोप लगाएका हुन । 
अतिरिक्त मात्रा खोप लगाउनेहरू पनि कुल जनसंख्याको  २२.९७ प्रतिशत अर्थात ६७ लाख ६ हजार २ सय ३० जना छन ।  
स्वास्थ्य मन्त्रालयको अनुसार मुलुकमा कोभिड विरुद्धको खोप अभियान शुरु भए यता हाल सम्म ४ करोड, ७३ लाख ९९ हजार, ६ सय ७१ मात्रा खोप लगाइएको हो ।  
अहिले सम्म पूर्ण जनसंख्याको  ६९.५ प्रतिशत अर्थात २ करोड २ लाख ८९ हजार ३ सय ६ जनाले एक मात्रा खोप लगाएका हुन । 
मुलुकमा खरिद एवं अनुदान सहयोग अन्तर्गत हाल सम्म ५ करोड ७८ लाख ८३ हजार ९ सय ७० मात्रा खोप प्राप्‍त भएको छ । 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!