मानव विकास सूचकांक मा नेपाल १४३औं स्थानमा /नेपालको प्रति व्यक्ति औसत आयु ६८.४ वर्ष


काठमाडौँ —नेपाल मानव विकास सूचकांकमा १ सय ४३ औं स्थानमा परेको छ । संयूक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडीपी)ले सोमबार सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२१/२२’ अनुसार नेपाल १ सय ४३ औं स्थानमा परेको हो ।

नेपालको मानव विकास सूचकांक ०.६०२ अंक छ । रिपोर्ट अनुसार नेपालको प्रति व्यक्ति औसत आयु ६८.४ वर्ष समेत रहेको छ । 

मानव विकास सूचकांक मा स्वीजरल्यान्ड ०.९६२ अंक सहित पहिलो स्थानमा छ भने नर्वे दोस्रो,  आइसल्याण्ड तेस्रो, हङकङ चौथो, अस्ट्रेलिया पाँचौ, डेनमार्क छैठौं र सातौं नम्बरमा स्वीडेन छ । यस्तै आयरल्यान्ड आठौं, जर्मनी नवौं र नेदरल्यान्ड दशौं नम्बरमा छन् ।

संयूक्त राष्ट्रसंघले १ सय ९१ मुलुकको विवरण सार्वजनिक गरेकोमा दक्षिणी सुडान सबैभन्दा तल छ । दक्षिण एसियाली मुलुकहरुमा श्रीलंका ७३ औं, माल्दिभ्स ९० औं र भुटान १ सय २७ औं स्थानमा रहेका छन् ।

त्यस्तै बंगलादेश १ सय २९, भारत १ सय ३२, पाकिस्तान १ सय ६२ र अफगानिस्तान १ सय ८० औं स्थानमा रहेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!