क्लिनिकल फर्मासिष्ट को तह आठौ नभई नवौं /दशौं हुनुपर्ने स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण


काठमाडौँ – नेपलिज एशोसियशन अफ क्लिनिकल फर्मासिष्ट बागमती प्रदेश, भक्तपुरले स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ लाई क्लिनिकल फर्मासिष्ट को तह आठौ नभई नवौं/दशौं हुनुपर्ने ध्यानाकर्षण गराएको छ । एशोसियशनका पदाधिकारी हरुले सोमबार स्वास्थ्यमन्त्री सँग भेटेर ज्ञापनपत्र समेत दिएका छन् ।

एसोसिएसनका अध्यक्ष डा. अनुपराज उप्रेतीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हाल स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको २ सय शैयाको प्रादेशिक अस्पतालको प्रस्तावित संरचनामा फार्मेसी जनशक्ति अन्तर्गत क्लिनिकल फर्मासिष्टको तह आठौमा सिमित गरिएको प्रति मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।

क्लिनिकल फर्मासिष्टको तह नवौं/दशौं हुनुपर्ने नजिर स्वयं स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको लागि स्वीकृत गरेको दरवन्दीमा प्रष्ट रुपमा उल्लेखित रहेको समेत ज्ञापनपत्रमा जनाइएकोछ ।

क्लिनीकल फर्मासिष्ट को अर्थ क्लिनिकल फार्मेसी वा फर्मसियूटिकल केयरमा स्नातकोत्तर वा वि. फार्मेसी पछिको फार्म. डी लाई भन्नुपर्ने नजिर अस्पताल फार्मेसी सञ्चालन निर्देशिका २०७२ मा प्रष्ट रुपमा उल्लेख गरिएको समेत ज्ञापन पत्रमा लेखिएको छ ।

क्लिनिकल फर्मासिष्टको तह आठौं नभइ नवौं / दशौं हुनुपर्ने र २ सय शैयाको प्रादेशिक अस्पतालको प्रस्तावित संरचनामा सोही अनुरुप हुनु पर्ने मन्त्रालयको ध्यानाकर्षण समेत ज्ञापनपत्र मा गराइएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!