शक्तिशाली एन्टि वायोटिक “कार्बापेनम” धेरै जसो विरामीमा काम गरिरहेको छैन, इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च को खुलासा

शक्तिशाली एन्टिबायोटिक औषधिको प्रभाव सकियो ! 'कार्वापेनम"  एक शक्तिशाली एन्टिबायोटिक औषधि हो ।यो  मुख्य रूपमा सघन उपचार कक्ष अर्थात आईसीयूमा भर्ना रहेका निमोनिया र सेप्टिसिमिया भएका बिरामीहरूलाई सिफारिस गरिन्छ। 


नयाँदिल्ली – इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) द्वारा एन्टिबायोटिकमा गरिएको एक अध्ययनले डरलाग्दो तस्वीर देखाएको छ । अध्ययनका अनुसार एन्टिबायोटिक औषधि “कार्बापेनम” ले धेरैजसो बिरामीमा काम नगर्ने सम्भावना छ ।

किनभने ती बिरामीहरू को शरीर मा  यो औषधि को लागी प्रतिरोधी क्षमता विकास भएको छ। आईसिएमआर को यो रिपोर्ट गत शुक्रबार जारी गरिएको हो।

आईसिएमआर ले भारतमा माइक्रोबियल इम्युनिटी (एएमआर / एन्टी माइक्रोवियल रेसिष्टेन्स)मा जारी गरेको यो पाँचौं विस्तृत रिपोर्ट हो ।  यस वर्षको प्रतिवेदनमा अस्पताल वाट प्राप्त तथ्यांक पनि समावेश गरिएको छ ।

शक्तिशाली एन्टिबायोटिक औषधिको प्रभाव सकियो !
‘कार्वापेनम”  एक शक्तिशाली एन्टिबायोटिक औषधि हो ।यो  मुख्य रूपमा सघन उपचार कक्ष अर्थात आईसीयूमा भर्ना रहेका निमोनिया र सेप्टिसिमिया भएका बिरामीहरूलाई सिफारिस गरिन्छ। 

अध्ययन टोलीको नेतृत्व गर्ने आईसिएमआर का  वैज्ञानिक डा. कामिनी वालिया को अनुसार यो अध्ययन मा जनवरी १ तारिख देखि ३१ डिसेम्बर सन २०२१ सम्म को तथ्याङकको विश्लेषण गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!