डेंगु ले ७ जनाको मृत्यु


काठमाडौं – ७५ जिल्लामा फैलिएको डेंगुले हालसम्म ७ जनाको मृत्यु भएको छ । तर स्वास्थ्य मन्त्रालयले २ जनाको मृत्यु को पुष्टि भएको र थप विवरण आउन बाकी रहेको जनाएको छ ।

‘अहिलेसम्म कैलाली र ललितपुर मा भएको दुइजनाको मृत्यु को पुष्टि भइसकेको छ, थप मृत्यु पुष्टि हुने प्रक्रियामा छ ‘, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संजयकुमार ठाकुरले नेपालहेल्थप्रेससँग भने – ‘पछिल्लो केही दिनदेखि डेगु संक्रमण मा अत्यधिक वृद्धि देखिएको छ ।’

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का एक पदाधिकारी को अनुसार यो वर्ष हाल सम्म डेंगु ले ७ जनाको मृत्यु भई सकेको छ ।

तीनवर्ष अघि सन २०१९ मा डेंगु ले १७ हजार ९ सय १९ जना लाई संक्रमित पारेकोमा ६ जना को मृत्यु भएको थियो ।हाल हुम्ला र मुस्ताङ बाहेक मुलुकको सबै जिल्लामा डेंगु संक्रमणदेखि राखिएकोछ।

इपिडीमियोलजी तथा रोगनियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले डेंगु संक्रमित र मृत्यु हुने हरुको संख्या बढन सक्ने जनाउदै स्थानीय निकायहरुले लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान कडाइ साथ लागू गर्नु पर्ने बताउछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!