‘हालकै सिस्टम मा चल्दा औषधी व्यवस्था विभाग कोल्याप्स हुन्छ’


काठमाडौं -विज्ञहरुले औषधी व्यवस्था विभाग (डिडिए) हाल चलिरहेकै प्रणालीमा गई राख्दा असफल हुने निश्चित प्राय: रहेको बताएका छन् ।

स्वास्थ्य राज्यमन्त्री हिरा चन्द्र केसी को अगाडी गत बिहीबार नेपा केयर फर्मा स्विटिकल्स को एक कार्यक्रममा डिडिए का बरिष्ठ फार्मासिष्ट किरण बज्राचार्य ले उक्त कुरा बताएका छन ।

डिडिए मा हाल सम्म नीतिगत लगायत कुनै परिवर्तन नभएको र २०३५ साल कै कुर्सी टेबुल लगायत सबै थोक रहेको औल्याउँदै बज्राचार्यले  ‘ भने – ‘पाकिस्तान को एफडिए मा दुई हजारभन्दा बढी कार्यरत छन् हामीकहाँ डिडिए मा ४० जना कार्यरत छन् ।

यस्तोमा तपाईं के आश गर्नु हुन्छ ? बङ्लादेश हामीभन्दा पछि सुरु गरेको हो त्यो औषधी को क्षेत्रमा कहाँ पुग्यो, हामी कहाँ छौं ।’

डीडीएमा तालिमप्राप्त दक्ष जनशक्ति भएपनि काम गर्न नपाएको समेत जनाउँदै उनले भने – ‘हामी सबैले काम गर्नुपर्छ ।डिडिए रिअर्गेनाइजेसन को बारेमा सिरियसली सोच्नुपर्छ । मन्त्रीज्यू पनि हुनुहुन्छ, यही सिस्टममा चल्ने हो भने डीडीए कोल्याप्स हुन्छ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!