पूर्वाग्रही भएर रिस फेर्न आफू र केन्द्र माथि आरोप : डा पुकार


भक्तपुर – सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मृगौला र कलेजो प्रत्यारोपणको शल्यचिकित्सक डा . पुकार चन्द्र श्रेष्ठ ले  अस्पतालमा कार्यरत डा. अनिसा तिवारीले पूर्वाग्रही भएर रिस फेर्न आफू र केन्द्र माथि आरोप लगाएको र त्यसमा कुनै सत्यता नरहेको जनाएका छन ।

उनले बिरामी को ज्यान जोगाइ दिएकोमा आभार प्रकट गर्नु पर्ने मा दुर्व्यवहार को आरोप लगाए को समेत जनाए । यो घटना को सत्य तथ्य छानविनको लागी समेन उनले आग्रह गरे 

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विभिन्न विभागका चिकित्साकर्मी, कर्मचारी र घटनामा संलग्न बिरामी को आफन्तको उपस्थितीमा शुक्रबार गरीएको पत्रकार सम्मेलनमा साउन २४ गते पित्त थैलीको शल्यक्रियाका लागि भर्ना भएका बिरामीको शल्य क्रियामा डा. अनिसा तिवारीले लापर्बाही गरेको र यसले बिरामीको स्वास्थ्य अवस्था मा जटिलता उत्पन्न भई ज्यान नै जोखीम मा परेको केन्द्रका चिकित्साकर्मी लगायत का सम्वद्ध कर्मचारीहरुले बताए । 

बिरामीको ज्यान जोगाउन आफू र अन्य वरिष्ठ शल्य चिकित्सकले हस्तक्षेप गरेपछि त्यसको रिस फेर्नका लागि अनर्गल आरोप लगाइएको समेत डा. पुकारले जनाए ।  

पत्रकार सम्मेलनमा शल्यक्रियामा संलग्न अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुसमेत उपस्थिति थियो भने उनिहरू ले समेत घटना लाई विस्तार मा वताएका थिए ।

शल्यक्रियामा प्रत्यक्ष सलग्न चिकित्साकर्मी हरुले बिरामी को ज्यान जोगाउन बरिष्ठ शल्य चिकित्सक द्वारा गरिएको हस्तक्षेप लाई निजको मान मर्दन गर्ने गरी गलत रूपमा व्याख्या गरिएको समेत जनाए ।

‘महिला कार्ड प्रयोग गरी महिला भएकै कारणले कुनै बिरामीको ज्यान नै जोखिममा पार्ने खालका घटना घटाउनु अक्षम्य हो अझ एक गम्भीर घटनामा सहानुभूति प्राप्त गर्न खोज्ने नियत एक आपत्तिजनक विषय हो ।

यस घटनामा ती डाक्टरले अत्यन्त लापर्बाहीपूर्ण व्यवहार तथा हरकतले बिरामीको ज्यान जान सक्ने घटना एक अनुसन्धानको विषय हो,’ डा. पुकार ले  पत्रकार सम्मेलनमा भने । 

‘आफ्नो चिकित्सकीय मर्यादा विपरीत अपरेसन थिएटरमा भएको बिरामीको ज्यानै जोखिम पार्ने घटना लुकाउन र अनावश्यक विवाद खडा गरी केन्द्रको काम कारबाही प्रभावित पार्ने बदनियत सहित सञ्चारमाध्यममा गरिएका प्रचार केबल एक दुस्प्रपञ्च मात्र हो ।

यस्ता कामका घोर भर्त्सना गर्दै घटनाको गाम्भीर्यता मूल्यांकन गरी समयमै उपस्थित भई बिरामीको ज्यान जोगाउन भूमिका खेलेको व्यहोरासमेत प्रस्ट पार्न चाहन्छु’, डा पुकार ले अगाडी थपे ।

उक्त घटनाका बिषयमा त्यसदिन शल्यक्रिया कक्षमा उपस्थित कर्मचारी, स्वास्थ्यकर्मी तथा बिरामीका आफन्तसँग कुराकानी गरे पनि स्पष्ट हुने जनाए । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र द्वारा जारी विज्ञप्ती

प्रेश विज्ञप्ती

हालै विभिन्न अनलाइन मिडियामा प्रकाशित समचार प्रति छानविन गरियोस

यस अस्पताल र मेरो नाम जोडी विभिन्न अनलाईन मिडिया तथा सामाजिक संजालमा भ्रमपूर्ण प्रचार बाजी गरी, जनमानसमा नकारात्मक सन्देश प्रवाह हुनेगरी , द्वेशको भावना राखी , नियोजित एंव प्रायोजित ढङ्गले प्रस्तुत भई आफ्नो गल्तिको ढाकछोप गर्ने उद्देश्यले गरिएको प्रचारबाजी प्रति यस केन्द्रको गम्भीर ध्यानाकर्षण  भएको छ । 

यस अस्पतालमा एक जना बिरामीको पित्त थैलीमा समस्या भई यस केन्द्रको ओपिडिमा डा. अनिसा तिवारीलाई देखाएको र निज विरामी यस केन्द्रका कर्मचारी श्री गणेशराम कोजुको आफन्त समेत पर्ने हुँदा यसै केन्द्रमा पित्त थैलीको अपरेशन गर्ने भनी मिति २०७९।०४।२४ गते भर्ना भई अपरेशन थिएटरमा लगिएको तर अपरेशन गर्न विहान ९ बजे अपरेशन थिएटरमा आउन पर्नेमा नआएपछि डा. अनिसा तिवारीलाई पटक पटक फोन गर्दा समेत नआएको र आफू बाहिर रहेकोले डा. प्रदेश सापकोटालाई गर्दै गर्नु भनी सो अपरेशन शुरु भएको र विहान १२ बजे तिर डा. अनिसा तिवारी अपरेशन थिएटरमा आए पछि डा. प्रदेश सापकोटाले सो केश डा. अनिसा तिवारीलाई जिम्मा दिएको र अपरेशन गर्दै जाँदा विरामीमा अत्याधिक रक्तस्राव भई जटिल परिस्थितिको सृजना भएकोथियो।

सोही क्रममा बिरामीका आफन्त तथा यस केन्द्रका कर्मचारी अत्तालिदै केन्द्रका सिनियर सर्जन समक्ष पुगेको र सिनियर सर्जन आउँदा यो तपाइको विषय होइन भनि वादविवाद श्रृजना गरी सिनियर सर्जन प्रा. डा. राकेश कुमार बर्मालाई काममा असहयोग गरेको र एक छिन पछि कलेजो तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ साथै केन्द्रको कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ आउदा समेत डा. तिवारीले अस्वभाविक व्यवहार देखाएका साथै विरामीको उपचारमा सहयोग नगरी गैर जिम्मेवार बनेको, अपरेशन थियटर बाहिर गई केन्द्रका अर्का चिकित्सक सञ्जीत कुमार शाहलाई फोन गर्दै बसेको, अपरेशन नसकिदै अस्पतालबाट बाहिर गएको , अपरेशन थिएटरमा जारी भइराखेको केश  गर्न समेत नदिन खोजेको र विरामीको अवस्था झन झन जटिल हुँदै गई अत्यन्त गम्भीर अवस्था आउन लागेको हुँदा उक्त केश विभागीय प्रमुख, केन्द्रका डा पुकार चन्द्र श्रेष्ठ स्वयंले जिम्मा लिई अपरशेन गर्न खोज्दा डा. अनिसा तिवारीले डा. सञ्जीत कुमार शाहलाई अपरेशन थियटरमा बोलाई अनाधिकृत रुपमा बिरामीको गोपनियता समेत भंग हुनेगरी भिडियो खिच्न लगाएको साथसाथै अपरेशनमा समेत बाधा पु¥याएको हुँदा मैले मेरो मातहतको जुनियर सर्जन डा अनिसालाई यो केश छोड्नुहोस तपाँई बाहिर जानुहोस् भनेको मात्र हुँदा यस्ता भ्रामक, दिग्भ्रमित पार्ने खालका निवेदन डा. अनिसाबाट भएको व्यहोरा समेत प्रष्ट पार्न चाहान्छु । जुनियर सर्जन (रजिष्ट्रार, सिनियर रजिष्ट्रार) ले आफ्नो कन्सल्टेन्को मातहातमा रही उहाँको निर्देशन  र सुपरिवेक्षणमा कार्य गर्नु पर्नेमा रक्तश्राव भई गम्भीर हुँदा समेत खबर नगर्ने आफन्तले खवर गर्दा अवरोध खडा गर्ने, असहयोग गर्ने, चिकित्सकीय अनुशासनको ठाडो उल्ङघन गर्नु कत्तिको जायज कार्य हो ?

“महिला कार्ड“ प्रयोग गरी महिला भएकै कारणले कुनै विरामीको ज्यान नै जोखिममा पार्ने खालका घटना घटाउनु अक्षम्य हो । अझ एक गम्भिर घटनामा सहानुभुति प्राप्त गर्न खोज्ने नियत एक आपत्तिजनक विषय हो । यस घटनामा डा. अनिसा तिवारीको अत्यन्त लापरवाही पूर्ण व्यवहार तथा हरकतले विरामीको ज्यान जान सक्ने घटना एक अनुसन्धानको विषय हो । 

आफ्नो चिकित्सकीय मर्यादा विपरित अपरेसन थिएटरमा भएको विरामीको ज्यानै जोखिम पार्ने घटना लुकाउन र अनावश्यक विवाद खडा गरी केन्द्रको कामकारवाही प्रभावित पार्ने वदनियत सहित सञ्चार माध्यमामा गरिएका प्रचार केबल एक दुस्प्रपञ्च मात्र हो । यस्ता कामका घोर भर्त्सना गर्दै घटनाको गाम्भिर्यता मुल्याङ्कन गरी समयमै उपस्थित भई विरामीको ज्यान जोगाउन भुमिका खेलेको व्यहोरा समेत प्रष्ट पार्न चाहान्छु । 

यस घटना बारे सत्य कुरा अपरशेन कार्यमा संलग्न सम्पूर्ण डाक्टर, नर्स तथा अन्य प्राविधिक कर्मचारी र बिरामीको आफन्त पर्ने अपरेशन थियटर असिस्टेन्ट गणेश राम कोजु बाट समेत यहाँहरुले बुझ्न सक्नु हुन्छ ।

मैले विरामी बचाउदा गल्ती गरेको हुन्छ ? डाक्टरको गल्तीले केही भयो भने ढाकछोप गर्ने की विरामीलाई बचाउने काम गर्ने ? मेरो प्रश्नहरुको जवाफ माथी छानविन गरिदिनुहोला । एउटा अनलाइन मिडियामा उत्तेजित (Provoke)  भनेर लेखेकोमा मेरो आपत्ती छ । मैले मेरो कुनै पनि कर्मचारी प्रति त्यस्तो खालको व्यवहार नगरेको समेत प्रष्ट पार्न चाहान्छु ।  

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 

मिति २०७९।०५।२४


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!