९ वटा औषधि सहित नेपा केयर फर्मा स्युटिकल्स नेपाली बजारमा


काठमाडौ – नेपाल को  औषधि उद्योग क्षेत्रमा ‘नेपा केयर फर्मास्युटिकल्स प्रालि’ नाम गरेका नयाँ कम्पनी थपिएको छ ।यो  कम्पनि नेपालमा औषधि उत्पादन गर्ने ७६ औँ कम्पनी हो ।

औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बिहीबारबाट नेपा केयर ले औषधि बजारमा समेत पठाउन थालेको हो ।

नेपा केयरका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ ले हाल कम्पनी ले ट्यावलेट (चक्की ), क्यापसुल, सिरप ( झोल ), ओइन्टमेन्ट ( मलम ) बनाइ रहेको वताए । 

भविष्य मा आखा र कान मा हाल्ने थोपा औषधि अर्थात् आइ एव इयर ड्रप समेत बनाउने छ ।

हाल औषधी कम्पनी शुरू गरेका श्रेष्ठ झण्डै तिन दशक देखी औषधि विक्रि वितरण व्यवसायमा स्थापित व्यक्ति हुन ।

विसं २०७३ सालमा नयाँ औषधि उद्योगको रुपमा दर्ता भएको नेपा केयरको कुल पूजी ६५ करोड हो ।

लुम्विनी प्रदेश को तिलोत्तमा नगरपालिका मा १ विघा ६ कठ्ठा  जग्गा मा  कम्पनीले प्लान्ट तथा कार्यालय निर्माण गरेको छ ।

नेपा केयर ले औषधि उद्योग खोल्नका लागि चाहिने नेपाल सरकारको मापदण्ड, विश्व स्वास्थ्य संगठन को जीएमपीको निर्देशन र युएस एफडीएको प्रावधान अनुसार प्लान्ट तयार गरेको समेत श्रेष्ठ ले जनाए ।

कम्पनीका कार्यकारी निर्देशक सुनील श्रेष्ठका अनुसार हाल  कम्पनी ले  ९ प्रकारका औषधि उत्पादन सुरु गरेको छ । यस अन्तर्गत मधुमेह, छाला, स्नायु, दुखाई नासक, ग्यास्ट्राइटिसमा प्रयोग हुने औषधिहरु छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!