राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डेंगु परिक्षण शुल्क ८ सय तर मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निःशुल्क


जनकपुर- नेपाल सरकारको केन्द्रिय स्तरको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्व साधारणलाई डेंगु परीक्षण शुल्क ८  सय रूपिया तिर्नु परे पनि मधेस प्रदेशको ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’, ले यो परीक्षण निःशुल्क गर्ने गरेको छ ।

मधेश प्रदेशको जनस्वास्थ्य प्रयोगशाला मात्र नभई ८ जिल्ला का स्वास्थ्य कार्यालय र प्रादेशिक अस्पतालमा समेत डेंगु परीक्षण निःशुल्क हुँदै गरेको छ ।

‘मधेस प्रदेशको सबै जसो सरकारी स्वास्थ्य संरचना मा डेंगु परीक्षण निःशुल्क भइरहेको छ ‘, प्रदेश जनस्वास्थ्य प्रयोगशाला का निर्देशक डा . श्रवण कुमार मिश्र भन्छन – ‘हाल दिनहु हुने कुल परिक्षणमा २० प्रतिशत सम्म डेगु संक्रमण देखि राखिएको छ । ‘

उनको अनुसार पालिकामा डेगु संक्रमण देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशालाले त्यहा टेस्ट किट उपलब्ध गराउँछ र पालिकालाई निःशुल्क डेंगु परीक्षण गर्नुपर्छ ।

डा मिश्र ले मधेशमा डेंगु संक्रमण  छठ पछि सम्म देखि रहने सम्भावना रहेको बताउछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!