कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्य कर्मीले दिए सामुहिक राजीनामा


जुम्ला -कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले उपकुलपति डा. मंगल रावल समक्ष बुधवार सामुहिक राजीनामा दिएका छन् ।

उक्त राजीनामा पत्रमा स्वास्थ्यकर्मी हरुले डा.करण साह माथि भएको सांघातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति बारे समेत जानकारी गराएका छन ।

राजीनामा पत्रमा डा . साह  माथि झूठो मुद्दा दायर गरी पक्राउपुर्जी सम्म जारी भएको र त्यसको विरोधमा शान्तिपूर्ण आन्दोलनरत  स्वास्थ्यकर्मी माथि स्थानीय अराजक केही व्यक्तिले अबोध बालकहरुलाई प्रयोग गरी मुठभेडको अवस्था श्रृजना गर्ने प्रयास भएको जानकारी समेत उपकुलपती लाई गराइएको छ ।

पत्रमा भनिएको छ, -‘ विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा हामी सेवा दिन असमर्थ छौं ।’

राजिनामा पत्रमा कानुनी राज्य को आभाष न भएकोले सामूहीक राजीनामा पेश गरिएको समेत उल्लेख छ । 

यस्तै सामूहिक राजीनामा को बोधार्थ जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत दिएको छ ।

सामुहिक राजीनामा पत्रआफू लाई प्राप्त भएको जनाउँदै उपकुलपति डा. रावल ले नेपालहेल्थप्रेसलाई भने – ‘समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी, सवै राजनितिक दल का नेता, सरकारी वकील लगायत का संग बैठक शुरु गरेको छु ।’

स्वास्थ्यकर्मी हरुले शिक्षण अस्पतालमा भदौ २ गते डाक्टर कुट्ने प्रतिष्ठान प्रशासनका कर्मचारी शाहीलाई हदैसम्म कारबाहीको माग गर्दै आएका छन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन तर्फका कर्मचारी धनबहादुर शाहीले आफ्नो छोराको टाका नकाटिदिएको भन्दै भदौ २ गते आकस्मिक कक्षमा कार्यरत डा. साहमाथि कुटपिट गरेका थिए ।

उनले कुट पिट गरेको सीसीभीटी फुटेज समेत सार्वजनिक भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!