कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा आकस्मिक बाहेक का सबै सेवा ठप्प


जुम्ला —कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला का चिकित्सक चिकित्सक र स्वास्थ्यकर्मी ले बुधवार विहान १० बजे देखि इमरजेन्सी बाहेक का सबै स्वास्थ्य सेवा ठप्प गरेका छन ।

डाक्टर एवं चिकित्साकर्मीहरुले डा. करन साहमाथि लगाइएको मुद्दा फिर्ता लिएर दोषीमाथि कडा कारवाही नभएसम्म आकस्मिक बाहेकका अन्य कुनै पनि सेवामा संलग्न नहुने गरि आन्दोलन जारी रहेको जनाएकाछन ।

प्रतिष्ठान को फ्याकल्टी बेलफेयर कमिटि ले जारी गरेको  विज्ञप्ती मा ‘डा साह माथी हमला सिसिटिभि फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा समेत इमरजेन्सी मा नगरिने टाका काट्ने कार्य नभएको भनी अनर्गल प्रचार गरी बालअधिकार सम्बन्धी झुठा मुद्दा दायर भई पक्राउपुर्जी जारी भएको घटनाले आफुहरु मर्माहत भएको ‘, उल्लेख छ ।

यस्तो भयपुर्ण वातावरणमा सेवा दिन असमर्थ रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

फ्याकल्टी बेलफेयर का अध्यक्ष डा .सूर्यमान मेन्याडबो द्वारा हस्ताक्षरित विज्ञप्तीमा बुधवार देखि इमरजेन्सी बाहेक पठनपाठन को कार्यक्रममा समेत सलग्न नभइ विरोघ कार्यक्रममा  अनिवार्य उपस्थिती को लागी अनुरोध गरिएको छ ।

आकस्मिक कक्षमा कार्यरत डा. करण साहमाथि भएको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू को दिनहु एक घन्टे विरोध जारी रहेकै समय आकस्मीक बाहेकको सेवा ठप्प पार्ने गरी आन्दोलन शुरु भएको हो ।

स्वास्थ्यकर्मी हरुले शिक्षण अस्पतालमा भदौ २ गते डाक्टर कुट्ने प्रतिष्ठान प्रशासनका कर्मचारी शाहीलाई हदैसम्म कारबाहीको माग गर्दै आएका छन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन तर्फका कर्मचारी धनबहादुर शाहीले आफ्नो छोराको टाका नकाटिदिएको भन्दै भदौ २ गते आकस्मिक कक्षमा कार्यरत डा. साहमाथि कुटपिट गरेका थिए ।

उनले कुट पिट गरेको सीसीभीटी फुटेज समेत सार्वजनिक भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!