जापानी इन्सेफलाइटिस वाट ३ को मृत्यु , १२ जनामा संक्रमण पुष्टि


मकवानपुर — मकवानपुरमा जापानी इन्सेफ्लाइटिसले ३ जनाले ज्यान गुमाइसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका हालसम्म १२ जनामा जापानी इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको छ ।

करीव एक महीना यता मृत्यु हुनेमा बकैया गाउँपालिका–७ का २ जना र हेटौंडा उपमहानगरपालिका–३ बसामाडीका एक जना छन् ।

वाग्मती गाउँपालिका–४ की ४८ वर्षीया महिलालाई थप उपचारका लागि  स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरे का अनुसार यो वर्ष वर्षा याम सुरु हुने बित्तिकै जापानी इन्सेफ्लाइटिस को संक्रमण फैलिएको हो ।

लामखुट्टेको टोकाइबाट जापानी इन्सेफलाइटीस संगै डेंगु संक्रमण समेत हुने भएको ले सर्वसाघारण लाई लामखुट्टे को टोकाई वाट बाच्न स्वास्थ्य कार्यालय ले अनुरोध गरेको छ ।

जापानी इन्सेफ्‌लाइटिस भाइरस(जेइभी) ‘फलेभी भाइरस’,  हो । यो भाइरस डेँगु, यलो फिभर र वेस्ट निल भाइरस सँग सम्बन्धित छ र लामखुट्टेको टोकाइबाट फैलिन्छ ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को अनुसार जापानी इन्सेफ्‌लाइटिस भाइरस एशियाको धेरै राष्ट्रहरूमा भाइरल इन्सेफ्‌लाइटिस हुने मुख्य कारण हो ।

एशियामा वर्षेनी ६८ हजार भाइरल इन्सेफ्‌लाइटिसको क्लिनिकल केश देखिने गरिन्छ । डब्लुएचओका अनुसार लक्षण भएका जापानी इन्सेफ्‌लाइटिस दुर्लभ छ तर इन्सेफ्‌लाइटिस भएका केशहरुमा मृत्यु दर ३० प्रतिशत सम्म हुन सक्छ ।

इन्सेफ्‌लाइटिस भएका स्थायी न्युरोलोजिकल वा मनोचिकित्सा सम्बन्धी असमान्यता ३० प्रतिशत देखी ५० प्रतिशत सम्ममा हुन सक्छ ।यो रोगको कुनै उपचार छैन ।

यसको उपचार अन्तर्गत लक्षणहरू कम गर्न र बिरामीलाई संक्रमण सँग जित्न सघाउने गरिन्छ । जापानी इन्सेफलाइटिस को लागि सुरक्षित र प्रभावकारी खोप उपलब्ध छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!