‘ज्वरो, दुखाइ भएका मध्ये ८० प्रतिसत सम्ममा डेगु’


काठमाडौं–हाल ज्वरो दुखाइ, लगायतका लक्षण लिएर अस्पताल पुग्ने मध्ये झण्डै ८० प्रतिशत सम्ममा डेगु संक्रमण देखि राखिएको छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा ज्वरो लगायत डेगुको लक्षण लिएर आउने मध्ये ८० प्रतिसत सम्मको प्रयोगशाला परिक्षण रिपोर्ट पोजेटिभ आउने गरेको हो ।

पछिल्लो चार दिन यता डेगुको विरामी टेकु अस्पताल आउने क्रम बढेको छ । हाल टेकु अस्पतालमा रहेका २६ जना मध्ये २१ जना वार्डमा र ५ जना आइसीयुमा भर्ना छ ।

‘डेगु जस्तो ज्वरो, दुखाइ लगायतका लक्षण लिएर आउने सय जना मध्ये ७० देखी ८० जना सम्म को परिक्षण रिपोर्टमा डेगु संक्रमण देखि राखिएको छ’, टेकु अस्पतालका सुचना अधिकारी नवराज गौतमका अनुसार डेगु क्लिनिकमा दिनहु दुई सय जनाको हाराहारीमा विरामी पुग्ने गरेका छन ।

टेकु अस्पतालका चिफ कन्सलटेन्ट फिजिसियन डा.विमल चालिसेको अनुसार डेगु संक्रमण बढदो क्रममा रहेको छ ।

यस्तै वहिरंग विभागमा दिनहु ६० भन्दा बढी विरामी उपचारको लागि आउछन भने इमर्जेन्सीमा ६० देखी ८० सम्म विरामी पुग्ने गरेका छन ।

दुई– तिन दिन अघि टेकु अस्पतालमा विरामीको चाप अत्यधिक देखिए पनि सोमवार करिव १५ वेड खाली थियो ।

हाल टेकु अस्पतालको आइसियुमा रहेका ५ जना मध्ये धार्दिङ्ग वाट रेफर भएर आएका एक जना लाइ रगत चढाउनु परेको गौतमले वताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!