नोबेल मेडिकल कलेजमा नया विद्यार्थीको स्वागत


विराटनगर – नोबेल मेडिकल कलेजले भर्ना भएका नया विद्यार्थीहरुलाई सोमवार स्वागत गरेको छ । कलेज को अनुसार एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायमा १ सय ५९ विद्यार्थी भर्ना भएका छन् ।

कलेज परिसरमा कार्यक्रम आयोजना गरेर एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ्ग, बिएनएस र बीपीटी संकायका विद्यार्थीहरु को स्वागत गरिएको हो ।

सो अवसरमा ‘हृवाइट कोट सेरमोनी’ पनि गरियो । कलेजको तर्फबाट सबै नया विद्यार्थीहरुलाई सेतो कोर्ट पहिराइयो ।

नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुक भारतवाट पनि विद्यार्थीहरु अध्ययनका लागि आएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

नोबेलमा डीएम, एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!