हेटौडामा डेंगु नियन्त्रण गर्न ‘लार्भा नष्ट’ अभियान


मकवानपुर — हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फैलिएको डेंगु संक्रमण नियन्त्रण गर्न सफा र स्थिर पानीमा पाइने लामखुट्टेको ‘लार्भा नष्ट’ गर्ने अभियान सुरु गरिएको छ ।

डेंगु सङ्क्रमणको हेटौंडा बजार क्षेत्र सहित अन्य ठाउमा विस्तार हुन थालेपछि उपमहानगर पालिकाले हेटौंडाको सबै वडामा अध्यक्षको नेतृत्वमा  स्वास्थ्यकर्मी लगायतको अगुवाइमा डेंगु विरुद्धको अभियान सुरु गरेको हो ।

उपमहानगरले चार दिनसम्म स्वास्थ्य कार्यालय मकवानपुर सँगको समन्वयमा अभियान सुरु गरेको र यस अन्तर्गत डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने र आवश्यकता अनुसार स्प्रे छर्ने लगायतका बचाउको उपाय गरिने हेटौंडा उप महानगरपालिका की मेयर मीना लामाले बताइन ।

चालु आर्थिक वर्षको एक महिनाको अवधिमा ५ सय ५८ जना संक्रमित देखिएको हो । यस अन्तर्गत हेटौंडा–४ मा २ सय ७६ जना र हेटौंडा–५ मा ७६ जनामा डेंगु संक्रमण देखिएको छ । हेटौंडा उपमहानगर बाहिर हालसम्म कम सङ्ख्यामा डेंगु संक्रमित भेटिएका छन् ।अझ हेटौंडा–४ मा त डेंगुका बिरामी उपचार पछि निको भए पनि दोहोरिएर संक्रमण भएको तथ्यांक समेत भेटिएको छ ।

स्वास्थ्यकर्मीहरूको अनुसार हेटौंडा–४ र ५ मा सवारी साधन बनाउने ग्यारेजहरू धेरै रहेको एवं  जनघनत्व समेत बढी भएकाले यहा बढी मात्रामा डेंगु संक्रमित देखिएका छन ।

यसैले गर्दा हेटौंडा ४ क्षेत्रका मोटर ग्यारेज तथा मोटरसाइकल मर्मत केन्द्रहरूमा रहेका प्रयोग नआउने टायरहरू नष्ट गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!