स्वास्थ्य बिमालाई आम जनता सँग जोडनु पर्छः स्वास्थ्य राज्यमन्त्री केसी


काठमाडौं – स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य बिमालाई आम जनता सँग जोडनु पर्ने र यसलाई थप व्यवस्थित बनाउनु पर्ने बताएका छन ।

स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समितिको शुक्रवार बसेको दोस्रो बैठकमा स्वास्थ्य मन्त्रीले उक्त कुरा बताएका हुन । बैठकमा स्वास्थ्य बिमामा प्रशासनिक सुधार, व्यवस्थापकीय पाटोका विषयमा छलफल  भएको छ ।

स्वास्थ्य राज्यमन्त्री केसीको संयोजकत्वमा गठित निर्देशक समितिको दोस्रो बैठकमा स्वास्थ्य बिमा मा भएको बेथितिका विषयमा समेत औंल्याइएको थियो । बैठकमा स्वास्थ्य बिमा कार्यक्रमको वर्तमान स्थितिको आकलन समेत गरिएको थियो ।

स्वास्थ्य बिमालाई आम जनतासँग जोड्नुपर्ने औँल्याउदै बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले कार्यक्रमलाई व्यवस्थित गर्न आवश्यक रहेको समेत जनाए ।

केहिदिनमा प्रतिवेदन बाहिर ल्याउँछौं । बिमा कार्यक्रमलाई आम बिमितसँग जोड्ने र जनजनको कार्यक्रम बनाउन म केन्द्रित छु’, केसीले भने ।

गत साउन २६ गते स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बिमा सम्बन्धी समस्या समाधान गर्न राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समिति गठन गरेको थियो ।

समितिलाई स्वास्थ्य बिमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बिमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि तीन साताभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!