६६ जिल्लामा डेंगु, सवै भन्दा बढी बागमती प्रदेशमा


काठमाडौं– मुलुकमा काठमाडौं उपत्यका लगायत ६६ जिल्लामा डेंगु फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार सात वटै प्रदेश अन्तर्गतका ६६ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको हो ।

साउन महिना देखी हाल सम्म २ हजार १ सय ७९ जना सम्भावित डेंगु रोगी देखिएको मन्त्रालयले जनाएको छ ।यस अन्तर्गत सवै भन्दा बढी अर्थात १ हजार २ सय ९१ जना बागमती प्रदेशमा देखिएको हो । यो संख्या साउन यता देखिएको कुल विरामीको ५९.२४ प्रतिशत हो ।

यस्तै लुम्बिनीमा ५ सय ८३ , प्रदेश १ मा १ सय ४४, गण्डकीमा ५२, मधेशमा ४८, सुदुर पश्चिममा ४४ र कर्णालीमा १७ जना डेंगुका सम्भावित विरामी देखिएको हो । १८ वर्ष पहिले २०६१ सालमा पहिलो पटक नेपालमा डेंगु विरामी देखिए पछि हाल सम्म वर्षेनी देखिने क्रम जारी छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!