बढदो डेंगु संक्रमण, अझै अढाइ महिना रहने


काठमाडौं– विज्ञहरुले काठमाडौं उपत्यका सहित मुलुकभरी डेगुको संक्रमण अझै अढाई महिनासम्म रहन सक्ने बताएका छन । 

नेपालमा पछिल्लो हरेक दुई–तीन वर्षमा डेंगुको प्रकोप देखिने गरेकामा तीन वर्षपछि पुनः यसको संक्रमणले यस पटक अत्यधिक विस्तार लिइ रहेको छ ।

अबको दुइ देखी अढाई महिनासम्म संक्रमण देखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरले बताए ।

हाल सम्म ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । यसवाट बढी प्रभावित १० जिल्लामा देश भरी भएका कुल संक्रमित मध्ये ८४ प्रतिशत रहेका छन ।

यस्तै देशभरी देखिएको कुल संक्रमित मध्ये अहिले ७६ प्रतिशत भन्दा बढी ललितपुर, काठमाडौं र मकवानपुर गरी तिन जिल्लामा छन ।

बढी प्रभावित १० जिल्ला अन्तर्गत रूपन्देही, धादिङ, भक्तपुर, तेह्रथुम, सिन्धुली, गुल्मी, संखुवासभा समेत छ ।

डेंगु संक्रमणका केस हाल सरकारी स्वास्थ्य निकायवाट मात्रै रिपोर्ट गरिएकाले संक्रमणको वास्तविक अवस्था अझ बढी हुन सक्छ ।

स्वास्थ्य प्रवक्ता डा.ठाकुरका अनुसार निजी स्वास्थ्य संस्थाबाट समेत तथ्यांक प्राप्त गर्ने प्रणाली विकास गर्न लागिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!