कोरोनाको चौथो लहरमा हाल सम्म मृत्यु भएका मध्ये ८३.३३ प्रतिशतले खोप लिएका थिएनन्


काठमाडौं–कोरोनाको चौथो लहरमा मुलुकमा हाल सम्म मृत्यु हुने हरु मध्ये ८३.३३ प्रतिशत व्यक्तिले कोभिड विरुद्ध को खोप लिएका थिएनन् । असार एक गते देखी हाल सम्म कोरोना सङ्क्रमणले ज्यान गुमाउने ४८ जना मध्ये ४० जनाले कोभिड विरुद्धको खोप लिएका थिएनन् ।

‘चौथो लहरमा हाल सम्म मृत्यु भएका ४८ जना मध्ये ४० जनाको कोभिड विरुद्धको खोपको इतिहास थाहा छैन’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमन लाल दासले भने –‘वाकी ८ जनाले खोप लिएका देखिए पनि उहाँहरूमा अन्य दीर्घ एवं जटिल रोग (कोमर्विडिटी) समेत देखिएको छ ।’

चौथो लहरमा मृत्यु भएकाहरू न्यूनतम २१ वर्ष देखी अधिकतम ९० वर्ष सम्मका हुन । कोरोनाले मृत्यु हुनेहरूमा २८ जना पुरुष र २० जना महिला छन ।

मुलुकमा कोरोनाको पहिलो लहर देखी हाल सम्म १२ हजार जनाको मृत्यु भएको छ । कोरोनाको केश फैटलिटि दर १.२ प्रतिशत देखिएको छ ।
हाल सम्म नेपालमा ५ करोड १० लाख २४ हजार ८ सय ४३ मात्रा खोप लगाइएको छ । यस अन्तर्गत २ करोड १४ लाख १० हजार १ सय ४१ जना अर्थात कुल जनसङ्ख्याको ७०.३ प्रतिशतले पूर्ण मात्रा र २ करोड २० लाख ३८ हजार ४ सय ८१ जना अर्थात कुल जनसङ्ख्याको ७५.५ प्रतिशतले एक मात्रा कोरोना विरुद्धको खोप लगाएका छन ।

यस्तै हाल सम्म ७५ लाख ७६ हजार २ सय २१ जना अर्थात कुल जनसङ्ख्याको २५.०५ प्रतिशतले बुष्टर डोज खोप लिएका छन । मुलुकमा हाल ५ वर्ष र सो भन्दा माथिको उमेर समुहको लागि कोरोन विरुद्धको खोप उपलब्ध छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!