काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण गर्न जनचेतना फैलाउने , रसायनयुक्त स्प्रे , फगिङ्ग नगर्ने


काठमाडौंकाठमाडौँ महानगरपालिकाले बढ्दो डेंगु प्रकोप सँग जुध्न रसायनयुक्त स्प्रे , फगिङ्ग आदि नगरी जनचेतनालाई नै मुख्य हतियार बनाएको

काठमाडौं महानगर पालिकाका प्रवक्ता नवीन मानन्धरले डेंगु प्रकोपको विषयमा आठौँ नगर कार्यपालिका बैठकमा जनचेतना फैलाउने निर्णय भएको नेपाल हेल्थ प्रेस लाई बताए

डेंगु आउट ब्रेकको विषयमा जनचेतना फैलाउने, चुन छर्ने रसायनयुक्त स्प्रे , फगिङ्ग आदि नगर्ने आठौँ नगर कार्यपालिकाको बैठकमा निर्णय भएको ’, मानन्धरले भने पछिल्लो समय काठमाडौं मा डेँगुको केस बढ्दो देखिएको

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेका अनुसार काठमाडौँ को विभिन्न स्थान वाट फाट्ट फुट्ट डेंगु संक्रमित दिनहुँ उपचारको लागि आउने गरे पनि कालिमाटी , बल्खु , सीतापाइला वाट हाल बढी मात्रामा बिरामी आइ रहेका छन

उपत्यकामा डेँगुको प्रकोप जाडो याम देखिए सम्म जारी रहने औँल्याउदै डा.शर्मा भन्छन–‘आम व्यक्तिले लामखुट्टेको टोकाई वाट बाच्नु पर्यो लामखुट्टेको बृद्घि हुन नदिन प्रजनन स्थल नष्ट गर्नु पर्यो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा.चुमन लाल दासको अनुसार सन २०२२ मा हाल सम्म उपत्यका अन्तर्गत काठमाडौं मा सय ३२ जना , भक्तपुरमा ५४ ललितपुरमा सय ५८ डेगुको केस देखिएको

डेंगु सँग जुध्न स्थानीय सरकारले लामखुट्टे विरुद्ध सर्च एण्ड डेस्ट्रोय अभियान जारी राख्नु पर्छ’, डा.दास भन्छन्
डेंगु एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोक्दा हुने भाइरल सङ्क्रमण हो संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा डेँगुको संक्रमण हुन्छ

डेंगु भाइरसले संक्रमित लामखुट्टेले टोकेको देखि १० दिनभित्र शरीरमा लक्षण देखा पर्न थाल्छ डेँगुको संक्रमण बयस्कको दाँजोमा बालबालिका बूढापाकामा बढी देखिन्छ

टेकु अस्पतालमा भर्ना रहेका राजधानीको डेंगु सङ्क्रमितहरू मध्ये धेरै जसोमा १०४१०५ डिग्री सम्म कडा ज्वरो, बेस्सरी टाउको जिउ दुख्ने, आखाको गेडी दुख्ने , खान मन नलाग्ने, वाकवाकी, वान्ता हुने, पेट दुख्ने एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिएको


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस