एक चौथाइ नेपालीले कोरोनाको बुस्टर डोज खोप लगाए/पुर्णमात्रा खोप लिने जनसंख्या ७३.३ प्रतिशत


काठमाडौं – नेपालको कुल जनसङ्ख्याको एक चौथाइ भन्दा बढीले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाइ सकेका छन भने ७३.३ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लिएका छन ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार सम्म ७५ लाख ७६ हजार २ सय २१ जना ले कोरोना विरुद्धको अतिरिक्त मात्रा खोप लिएका हुन ।

हाल सम्म अतिरिक्त मात्रा अर्थात बुस्टर डोज लिएकाहरूको प्रतिशत मुलुकको कुल जनसङ्ख्याको २५.९५ हो । यस्तै हाल सम्म २ करोड १४ लाख १० हजार १ सय ४१ जना अर्थात मुलुकको कुल जनसङ्ख्याको ७३.३ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लिएका छन ।

एक मात्रा खोप लिनेहरूको संख्या हाल सम्म २ करोड २० लाख ३८ हजार ४ सय ८१ पुगेको छ । यो संख्या समग्र जनसङ्ख्याको ७५.५ प्रतिशत हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!