कोरोना निको भएको महिनौँ सम्म देखिन सक्छ विभिन्न लक्षण

अध्ययनमा भाग लिने दुई सय व्यक्ति मध्ये ८ प्रतिशत मा स्नायु मनोचिकित्सा सम्बन्धी लक्षण देखियो, जसमध्ये सबै भन्दा समान्य लक्षण थकाइ थियो जो करिव ६८.५ प्रतिशत बिरामीमा देखिएको हो । यस पछि ६६.५ प्रतिशत बिरामी टाउको दुखाइले हैरान थिए । अध्ययन अनुसार करिव आधा व्यक्तिमा सुँध्ने क्षमता (५४.४ प्रतिशत ) र स्वाद लिने क्षमता ( ५४ प्रतिशत ) मा परिवर्तन देखियो भने करिव आधा(४७ प्रतिशत मा ) जतिले ले ज्ञानात्मक क्षमता (कग्निटिभ एविलिटी ) हल्का कमी आउने गुनासो गरे ।  


एउटा नयाँ अध्ययन अनुसार कोरोना संक्रमण निको भएको चार महिना भन्दा बढी समय पछि समेत थकाइ र टाउको दुखाइ लगायतका लक्षण देखिएको छ ।

‘ब्रेन बिहेभियर एण्ड कम्युनिटी हेल्थ ’मा प्रकाशित अध्ययन अनुसार संक्रमण निको भएको लामो समय सम्म रहने लक्षण मा हाड दुख्नु, खोकी, सुध्ने क्षमता र स्वाद मा परिवर्तन , ज्वरो , चिसो लाग्नु र नाक बन्द हुनु समेत देखिएको छ । यो अध्ययन दुई सय व्यक्तिमा गरिएको हो ।

अध्ययनमा भनिएको छ की यो कुराको प्रमाण छ की कोभिड संक्रमण पछि स्नायु संग जोडिएको लक्षण देखियो ।जर्जियाको अगस्ता विश्वविद्यालय मा स्नायु विशेषज्ञ एलिजावेथ रुतकोव्स्की ले भनिन –‘ धेरै जसो यस्तो लक्षण छन जो हामीलाई कोभिड महामारीको प्रारम्भमा थाहा थिएन, तर अव यो स्पष्ट भइ सकेको छ की कोभिड लामो समय सम्म चल्ने महामारी हो र धेरै व्यक्तिमा यसको असर परेको छ ’

अध्ययनमा भाग लिने दुई सय व्यक्ति मध्ये ८ प्रतिशत मा स्नायु मनोचिकित्सा सम्बन्धी लक्षण देखियो, जसमध्ये सबै भन्दा समान्य लक्षण थकाइ थियो जो करिव ६८.५ प्रतिशत बिरामीमा देखिएको हो । यस पछि ६६.५ प्रतिशत बिरामी टाउको दुखाइले हैरान थिए ।

अध्ययन अनुसार करिव आधा व्यक्तिमा सुँध्ने क्षमता (५४.४ प्रतिशत ) र स्वाद लिने क्षमता ( ५४ प्रतिशत ) मा परिवर्तन देखियो भने करिव आधा(४७ प्रतिशत मा ) जतिले ले ज्ञानात्मक क्षमता (कग्निटिभ एविलिटी ) हल्का कमी आउने गुनासो गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!